coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाईजात्राका उत्कृष्ट पुरस्कृत

भक्तपुर– यस वर्षको गाईजात्रामा प्रदर्शन गरिएका उत्कृष्ट परम्परागत साँस्कृतिक प्रस्तुतिलाई मंगलबार पुरस्कृत गरिएको छ । ३७ औं विश्व पर्यटन दिवस २०७३ का अवसरमा भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिद्वारा संयुक्त रुपमा पुरस्कृत गरिएको हो ।

यसवर्ष भैल नाचतर्फ विश्वकर्मा भैल प्याखं पहिलो, तुछिमला भैल नाच दोस्रो, जेठा गणेश भैल नाच तेस्रो भए । यस्तै माक नाचतर्फ राधाकृष्ण भजन टोली पहिलो भयो भने जंगली नाचतर्फ निभा युवा क्लब पहिलो भयो । खिचा नाचतर्फ विश्वकर्मा भैल नाच पहिलो भयो । देवी नाच र भैल नाचमा पहिलोलाई ३० हजार, दोस्रोलाई २४  हजार र तेस्रोलाई १८ हजार नगद पुरस्कार दिइयो ।

गाईजात्रामा भएका देवी नाच, भैल नाच, माक नाच, जंगली नाचलगायत १६ विधाका उत्कृष्ट टोलीलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान विजुक्छेंले पुरस्कार वितरण गरे । पुरस्कार वितरणअघि पहिलोपल्ट भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटक टोलीलाई माला लगाइ प्रवेश शुल्क नलिई स्वागत गरिएको थियो । पुरस्कार वितरणमा भक्तपुरको जीवनशैली झल्कने तस्बिर सहितको पुस्तिका विमोचन गरिनुका साथै लाखे नाच प्रदर्शन गरिएको थियो ।

 

 

 

प्रकाशित: १३ आश्विन २०७३ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App