८ वैशाख २०८१ शनिबार
समाज

घुस लिने न्यायाधीवक्ता विरुद्ध मुद्दा दायर

काठमाडौं - ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीवक्ता विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ।

मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिइसकेकाे अवस्थामा टङ्गालबाट खटिएकाे अख्तियार टाेलीले न्यायाधीवक्ता काेषहरी निराैलालार्इ नियन्त्रणमा लिएकाे थियाे।

यस्तै अख्तियारकाे टाेलीले काठमाडाैंकाे त्रिपुरेश्वरबाट कम्पनी रजिष्टार कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई घुस सहित शुक्रबार नियन्त्रणमा लिएकाे छ। कम्पनीमा कायम रहन अाएका शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि विभिन्न वहाना बनार्इ सेवाग्राहीसँग घुस लिइरहेकाे भन्ने सुचनाका अाधारमा उनलार्इ नगद ७ हजार सहित पक्राउ गरिएकाे अख्तियारले जानकारी दिएकाे छ।

प्रकाशित: २८ मंसिर २०७५ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App