coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उर्जामन्त्री पुनलाई दुई सय दुई केजीको माला !

रौतहट- रौतहटको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई २ सय २ केजीको माला लगाइएको छ। कटहरिया बजारमा नेकपा ले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुन लाई २ सय २ केजीको मालाले स्वागत गरेका हन्।

रौतहटको मौलापुर नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको कार्यालय उदघाटन एवं लालबकैया नदिको स्थलगत निरीक्षण गर्न उनी त्यहाँ पुगेका थिए।

मन्त्री पुनले बागमती र लालबकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न प्रयास गरिरहेको बताए। उनले सरकारको ध्यान दुबै नदिको तटबन्ध निर्माणमा रहेको बताए।

विगतको बाढीको क्रममा क्षतीग्रस्त भएका भौतिक संरचनाको यथासिघ्र पुनर्निर्माण हुने बताए। कार्यक्रममा नेकपाका प्रदेश २  का अध्यक्ष तथा सांसद प्रभु साहले बिगतको दिनमा मधेसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गरेको भए पनि पछिल्लो दिनमा राजनीतिक द्वन्दले मानव विकास सूचकांकमा पछाडि परेको चिन्ता व्यक्त गरे।

साहले रौतहटको खेती योग्य जमिनमा बगमती र लालबकैया नदिको मात्रै नभइ अन्य श्रोत बाट पनि सिँचाइको व्यवस्थापन गर्न मन्त्री पुन सित आग्रह गरे।

प्रकाशित: २८ मंसिर २०७५ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App