१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि पुलिसको फराकिलो जित

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – राजधानीमा जारी पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा पुलिसलाई जिताउन अभिषेक रिजाल, रवि पासवान, भरत शाह, तेज तामाङ र निरकुमार राईले गोल गरे।

खेलको तेस्रो मिनेटमा नै रवि पासवानको पासलाई सदुपयोग गर्दै अभिषेकले गोल गरेका थिए। २० औं मिनेटमा अर्का खेलाडी रवि पासवानले हेम तामाङको पासमा गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे।

पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा ३ गोल थप्यो। खेलको ५९ औं मिनेटमा रविकै पासमा कप्तान भरतले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए।

त्यस्तै ६३ औं मिनेटमा तेज तामाङ र ८७ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका निरकुमार राईले गोल गर्दै पुलिसलाई फराकिलो जित दिलाए। जितसँगै ८ खेल खेलेको पुलिसले १४ अंक जोडेको छ भने समान खेल खेलेको फ्रेन्ड्सको ५ अंक छ।

प्रकाशित: २८ मंसिर २०७५ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App