८ वैशाख २०८१ शनिबार
खेल

महिला टोलीले प्रशिक्षण थाल्यो

फाइल फाेटाे

काठमाडौं – श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि नेपालमा निश्चित भएको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले बुधबारबाट अभ्यास थालेको छ।

सातोबाटोस्थित एन्फा कम्प्लेक्स र हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदान सहिद स्मारक ‘ए’ डिभिजन लिगले व्यस्त भएका कारण टोलीको तयारी प्रभावित भएको थियो। मैदान अभावको कारण देखाउँदै बिहानको समयमा तयारी गर्ने प्रशिक्षक हरि खड्काले जानकारी दिए।

प्रतियोगितामा सहभागिताका लागि ३४ जनालाई प्रारम्भिक प्रशिक्षणमा बोलाइएको छ। राष्ट्रिय टोलीमा प्रधान सेनापति महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडी र उमेरसमूहका खेलाडी थपेर तयारी थालेको प्रशिक्षक खड्काले बताए।

प्रतियोगितामा दक्षिण एसियाका सात टोलीले सहभागिता जनाउँदै छन्। नेपाल, बंगलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन्। लिग कम नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगिताका शीर्ष दुई टोली सेमिफाइलन प्रवेश गर्नेछन्। 

यसअघि पुस २ गतेबाट सुरु हुने गरी साफले खेलतालिका सार्वजनिक गरेको थियो। तर आयोजनाको जिम्मा लिएको श्रीलंकाले प्रतियोगिता आयोजना नगर्ने भन्दै हात झिकेपछि नेपाललाई जिम्मेवारी आएको हो।

साफले जारी गरेको नयाँ मितिअनुसार नेपालमा हुने साफ च्याम्पियनसिप आगामी फागुन २७ बाट चैत ७ गतेसम्म सञ्चालन हुँदै छ। नेपालमा आयोजना हुने लागेको यो प्रतियोगिता काठमाडौंभन्दा बाहिर विराटनगरको सहिद रंगशालामा आयोजना हुँदै छ।

प्रकाशित: २८ मंसिर २०७५ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App