८ वैशाख २०८१ शनिबार
खेल

इन्द्रमाया स्मृति बक्सिङ हुने

काठमाडौं – बोसीगाउँ बक्सिङ क्लबको आयोजनामा नेपाल, भारत र भुटानका खेलाडीबीच इन्द्रमाया महर्जन स्मृति अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ।

दुईदिने मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता पुस २५ र २६ मा हुने पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ। नेपाल बक्सिङ संघका अध्यक्ष प्रथम साफका रजत विजेता बक्सर राम अवालेले नेपालमा हुने १३औं साग खेलकुदको तयारीमा प्रतियोगिताले महत्वपूर्ण अर्थ राख्ने बताए।

चन्द्रागिरि नगरपालिकामा हुने प्रतियोगितामा भारतको हरियाणा राज्यको बक्सिङ टोली, भुटानको राष्ट्रिय टोली र नेपालबाट ‘ए’ र ‘बी’ गरी चार टिमले प्रतिस्पर्धा गर्ने आयोजक बोसीगाउँ क्लबका अध्यक्ष एसियाडमा कांस्य पदकविजेता बक्सर दीपक महर्जनले जानकारी दिए।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ४ गरी ११ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९, ५२, ५६, ६०,६४, ६९ र ७५ केजीमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। मच्छिन्द्रनाथ इँटा उद्योगको मुख्य प्रायोजनमा हुने प्रतियोगिता अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) को नियमअनुसार सञ्चालन हुनेछ।  नेपालका २२, भारतका ११ र भुटानका ११ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ उपविजेताले १० हजार र तेस्रो हुने दुई खेलाडीले जनही ५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

प्रकाशित: २८ मंसिर २०७५ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App