८ वैशाख २०८१ शनिबार
अन्य

हलिउड कलाकार फ्रिम्यानले मतिनाको डकुमेन्ट्री बनाउने

काठमाडौं -  हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेको छ। नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरेको थिए।

अस्कर अवार्ड जिति सकेका फ्रिम्यान हलिउडका अत्यन्त लोकप्रिय कालाकार हुन। ‘इन्भिक्ट्स’ फिल्ममा दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाको भूमिकामा खेलेका थिए।

‘द स्टोरी अफ गड’ श्रृंखला देउताको बारे मानिसहरुको धारणा प्रस्तुत गर्ने डकुमेन्ट्री हुन। फ्रिम्यानले पूर्वकुमारी मतिनासँग कुमारी हुँदाको अनुभव, परिवारका बारे, आजकाल के गरी रहेको भन्ने विषयमा कुराकानी गरेको मतिनाका बुवा प्रतापमान शाक्यले बताउनु भयो। श्रृंखलाको टिम पूर्वकुमारी मतिना अध्ययन गर्ने स्कूल ग्रीन पिस को–एड स्कूलमा पनि जाने कार्यक्रम रहेकोमा सम्भावित कठिनाई र सुरक्षाका कारण स्कूलमा जाने कार्यक्रम स्थगित गरी पूर्वकुमारी मतिनाकै घर इतुंबहालमा स्कूलका सहपाठीहरु अभिज्ञा तुलाधर, प्रसिद्धि सिलाकारहरुलाई घरमै बोलाएर सुटिङ्ग गरेका थिए। म

तिनाको घर लगायत इतुंबहालमा सुटिङ्ग गरेका थिए। श्रृंखलाको टोली ललितपुरकी कुमारी, बौद्ध आदि धार्मिक स्थलमा पनि गएको बताएका थिए। कुमारीको बारेमा श्रृंखला कहिले प्रशारण हुने भन्ने कुरा जानकारी नभएको शाक्यले बताउनु भयो। अभिनेता मोर्गन फ्रिम्यान नेपालमा सुटिङ्ग सक्याएर गत सोमबार नै फर्किसकेका छन्।

प्रकाशित: २८ मंसिर २०७५ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App