८ वैशाख २०८१ शनिबार
समाज

महायज्ञमा दुई दिनमै १० लाख संकलन

महालक्ष्मी–८, विष्ष्णुडोलमा आयोजित महायज्ञमा तुलादान गर्दै ८६ वर्षीय शेरबहादुर केसी । तस्बिरः नागरिक

ललितपुर – विष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि मंसिर २६ देखि पुस ३ सम्म महालक्ष्मी नगरपालिका—८ विष्णुडोलमा भइरहेको विराट ज्ञान धान्याचल महायज्ञमा दुई दिनमै दानबाट १० लाख नगद संकलन भएको छ । महायज्ञ आयोजक कमिटीका संयोजक कुबेर केसीका अनुसार १० लाख नगदका साथै धान र चामल पनि उल्लेख्य मात्रामा संकलन भएको छ । 

हालसम्म दान गर्नेमध्ये ठूला दानवीरमा हामी सबैको यातायात प्रालि, नकुल थापा चांगाथली, ब्लुम नेपाल स्कुल, गोदामे खत्री परिवार, बिष्ट, आचार्य, राई, थापा परिवार, बस्नेत परिवार, कार्की परिवार, सुनिता, कुशल र कुसुम केसी, निर्मला, रेचल तथा लेनिश खत्री, सजित बिष्ट, लक्ष्मी कार्की, पुष्पराज केसी र लीला केसी, गणेश केसी र रेखा बिष्ट, देवचन्द्र केसी, निरु कार्की, आशिष केसी र सुविना थापा, सानोकाजी खत्री र सरस्वती खत्री, बालकुमारी कार्की, बाबा खड्का, मुकेश खड्का, इच्छाराम खत्री र सानु खत्री रहेका छन् । आयोजकका अनुसार दान गर्नेहरूमा महिला र वृद्धवृद्धा बढी देखिएका छन् । ८६ वर्षीय शेरबहादुर खत्रीले तुलादान गरेका छन् । वृद्ध एकल महिला रामप्यारी बस्नेतले स्वर्गीय पति राम बस्नेत र छोरा रोशन बस्नेतको सम्झनामा दान गरेकी छिन् । दान गर्ने वृद्धाहरूमा ८० कटेका सुन्तली खत्री र चिनीमैयाँ खत्री पनि छन् । 

महायज्ञ आयोजक कमिटीका सचिव विवेककुमार कार्कीले आफूहरूले लक्ष्यभन्दा माथिको रकम संकलन गरी समाज हितका लागि खानेपानी आयोजना अभिवृद्धिमा योगदान गर्ने बताए । महायज्ञको शुभारम्भ मंसिर २५ गते पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । महायज्ञबाट संकलित रकम खानेपानी आयोजनाको क्षमता अभिवृद्धिमा खर्च गरिने संयोजक कुबेर केसीले बताए ।

 

प्रकाशित: २८ मंसिर २०७५ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App