coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो सार्वजनिक

काठमाडौं – छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडको लोगो सार्वजनिक गरिएको छ। प्रतियोगितामा सामेल ८३ लोगोमध्येबाट बालुवाटारका रेमन बालाको लोगो उत्कृष्ट घोषित भएको हो।

बालाले एक्मी इन्जिनियरिङ कलेज, सीतापाइलाबाट कम्प्युटर इन्जिनियरिङ सकाएका हुन्। विजेतालाई  पाँच हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ। उक्त लोगो छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियड २०१९ को औपचारिक लोगो हुनेछ।

समाजमा  राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडसम्बन्धी जनचेतना जगाउन सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको छ।

 

प्रकाशित: २८ मंसिर २०७५ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App