coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आन्नद महसुस गर्दै रुनी

चान्टिले- इङल्यान्डका कप्तान वायन रुनीले अघिल्ला प्रतियोगिताको तुलनामा अहिले आफूले आनन्द महसुस गरिरहेको बताएका छन्। मुख्य स्ट्राइकरको भूमिकामा नरहेका रुनीले विगतभन्दा अहिले आफूलाई खेल जिताउनैपर्ने दबाब नरहेको बताए।

म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका रुनी राष्ट्रिय टोलीबाट डेविड बेकह्यामको १ सय १५ खेलको कीर्तिमानबराबरीको नजिक छन्। अर्को खेलबाट उनले त्यो कीर्तिमानसँग बराबरी गर्नेछन्।

रोए हड्सनको टोली इङ्ल्यान्डले युरोको अन्तिम १६ मा आइसल्यान्डसँग सोमबार नाइसमा प्रतिस्पर्धा गर्दैछ। रुनीले मिडफिल्डबाट खेेलिरहेका छन्।

अहिले स्ट्राइकरका रूपमा रहेका ह्यारी केन, जेमी भार्डे र डानियल स्टुरिजलाई गोल गर्ने चुनौती छ। टोलीले गोलका लागि संघर्ष गरिरहेको छ। अन्तर्राष्ट्रिय फुटबल करिअर १३ वर्ष पुर्‍याएका रुनीले आफ्नो टोलीकासबै खेलाडी कुनै पनि बेला निर्णायक गोल गर्न सक्षम भएको विश्वास व्यक्त गरे।

'यदि हामीले राम्रो खेलेनौं भने मैले सधैँ प्रतियोगिताबारे सोच्नुपर्छ। म अहिले नै हामीलाई विजेताको रूपमा हेर्न सक्दिनँ,' रुनीले भने, 'हामी प्रतियोगिताको लयमा आएका छौं। हामीसँग जादुमय प्रदर्शन गर्न सक्ने खेलाडी छन्। हामी फरक छौं। हामी खेल विजेता पनि हौं।' 

प्रकाशित: ११ असार २०७३ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App