coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वर्षेनी दुई अर्बको काठ आयत

काठमाडौं - कुनै बेला ‘नेपालको धन, हरियो वन’ भन्ने गरिए पनि विगत केही वर्षदेखि नेपाल काठमा परनिभर्एर हुँदै गएको छ र वर्षेनी काठ आयातको मात्रा बढ्दै गएको छ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालले ९ लाख ७५ हजार क्युफिट काठ विभिन्न देशबाट आयात गरेको वन विभागले जनाएको छ। अन्तर्राष्ट्रिय बजारबाट काठ आयत गर्दा एक क्युफिट काठको मूल्य करिब २ हजार रुपैयाँ पर्न आउँछ। गत आवमा करिब २ अर्ब रूपैयाँ बराबरको काठ नेपालले आयात गरेको थियो। आव २०७३/७४ मा नेपालले करिब ८ लाख क्युफिट काठ आयात गरेको थियो।

एउटा घरका लागि करिब ६० क्युफिट काठ प्रयोग हुने गर्छ। काठको बजार मूल्य एक क्युफिटको करिब ६ हजार जति पर्छ। जसअनुसार नेपाली मध्यमस्तरीय घर बनाउँदा सरदर २ लाख ४० हजारको काठ लाग्ने गर्छ। यदि स्वदेशी काठ उपलब्ध हुने हो भने एक क्युफिट काठको लागि बढिमा दुई हजार रुपैयाँ पर्ने विज्ञहरू बताउँछन्।

विभाग स्रोतका अनुसार नेपालले गत आवमा इन्डोनेसिया, मलेसिया, म्यान्मार, लाओस, जर्मनी, सुरिनाम, क्यामरूम, अमेरिकालगायतका देशबाट काठ आयात गरेको थियो। नेपालले चिरान र गोलिया गरी दुई प्रकारका काठ आयत गर्दै आएको छ।

एउटा घरका लागि करिब ६० क्युफिट काठ प्रयोग हुने गर्छ। काठको बजार मूल्य एक क्युफिटको करिब ६ हजार जति पर्छ। जसअनुसार नेपाली मध्यमस्तरीय घर बनाउँदा सरदर २ लाख ४० हजारको काठ लाग्ने गर्छ।

यदि स्वदेशी काठ उपलब्ध हुने हो भने एक क्युफिट काठको लागि बढिमा दुई हजार रुपैयाँ पर्ने विज्ञहरू बताउँछन्। वन विभागका उपमहानिर्देशक राजेन्द्र केसीले गत आवमा नेपालले झन्डै दुई अर्ब बराबरको काठ खरिद गरेको जनाउँदै काठमा नेपाल परनिर्भर हुँदै गएको बताए। उनले भने, ‘नेपालको वनलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न नसक्दा हामीले विभिन्न देसबाट काठ खरिद गर्दै आएका छौं।’ काठमा नेपाललाई आत्मनिर्भर बनाउन नेपालको वनलाई वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

विज्ञहरू नेपालको वनलाई वैज्ञानिक रूपमा व्यवस्थापन गरेमा नेपाल काठमा आत्मनिर्भर हुने मात्र होइन, काठ विभिन्न देशमा निर्यात गरेर करोडौं रूपैयाँ आम्दानी गर्न सकिने बताउँछन्। नेपालले वैज्ञानिक वन व्यवस्थापन गर्ने अवधारणा २०७० मा ल्याएको थियो। तर यो अवधारणा आएको ५ वर्ष पूरा हुन लाग्दा पनि करिव शून्य दशमलब २५ प्रतिशत मात्र प्रगति भएको छ। शून्य दशमलब २५ प्रतिशत वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ। वैज्ञानिक वन व्यवस्थापनको अवधारणाअन्तर्गत प्रजातीय किसिमबाट चक्रीय प्रणालीमा वनको व्यवस्थापन हुन्छ। जसमा बुढा रूख काटिन्छन् र नयाँ विरुवा रोपिन्छन्। बुढा रुख काटेमा काठको अभाव टर्ने वन विज्ञ बताउँछन्। चक्रीय प्रणालीअन्तर्गत दिगो वन व्यवस्थापन गर्दा बुढा रुख काट्नु पर्ने विज्ञ बताउँछन्। वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत प्राविधिक, प्रशासनिक र वातवरणीय संरक्षणको दृष्टिकोणबाट वनको व्यवस्थापन गरिने उपमहानिर्देशक केसीले बताए।

नेपालमा २२ हजार दुई सय ६६ वटा सामुदायिक वन छन्। यसमध्ये तीन सय २६ वटा सामुदायिक वनमा मात्र वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ। यसबाट एक प्रतिशत वनमा पनि वैज्ञानिक वन व्यवस्थापन लागू हुन सकेको छैन। दक्ष र प्राविधिक कर्मचारीको अभाव र सरकारको उदासिनताको कारण नेपालमा वैज्ञानिक वन व्यवस्थापन लागू हुन सकेको छैन।

वैज्ञानिक वन व्यवस्थापन लागू हुन नसक्नुमा कजेटको पनि अभाव पनि प्रमुख कारण रहेको वन विभागका कर्मचारीहरू बताउँछन्। वन अधिकृत भूवनेश्वर चौधरीले नेपालको वनलाई वैज्ञानिक व्यवस्थापन गर्न सकेमा नेपाल काठमा आत्मनिर्भर हुने मात्र नभई काठबाटै वर्षैनी करोडाैं आम्दानी गर्नसक्ने बताए। उनले भने, ‘नेपालको वनलाई दिगो व्यवस्थापन लागू गर्नैपर्छ। त्यसो नगरे नेपालको वनमा परनिर्भरता बढ्दै जान्छ।’ नेपालमा सात वटा चक्ला वन र ३१ वटा साझेदारी वन छन्। तर ती वनमा पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू हुन सकेको छैन। वन नवीकरणीय प्राकृतिक स्रोत भएकाले यसको उचित व्यवस्थापन र सदुपयोग गर्न सक्दा यसले राष्ट्रिय तथा स्थानीय क्षेत्रमा अर्थतन्त्रमा योगदान पु-याउन सक्ने अवधारणा वैज्ञानिक वन व्यवस्थापनको रहेको चौधरीले बताए। उनले भने, ‘वृक्षारोपण गरेर मात्र हुँदैन। त्यसको दिगो र वैज्ञानिक व्यवस्थापन गर्न नसके त्यसको केही अर्थ हुँदैन।’

प्रकाशित: २८ मंसिर २०७५ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App