६ वैशाख २०८१ बिहीबार
राजनीति

सार्क संसद् सम्मेलन आज काठमाडाैंमा

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन प्रभावकारी बनाउने उद्देश्यले बिहीबार काठमाडौंमा सार्क संसद् सम्मेलन हुँदै छ ।

पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा परराष्ट्र विज्ञको छलफलबाट सार्कलाई प्रभावकारी बनाउन ठोस निर्णय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिए पनि अन्तिम समयमा भारतलगायत मुलुकका पूर्वप्रधानमन्त्रीले सहभागिता रद्ध गरेका छन् । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको सम्मेलनमा विशिष्ट व्यक्तिको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मात्र सहभागी हुने समितिका सदस्य लालबाबु यादवले जानकारी दिए । अन्तिम समयमा अफगानिस्तान र माल्दिभ्सको टोलीले पनि सहभागी नहुने जानकारी गराएको छ ।

यादवका अनुसार सार्ककलाई प्रभावकारी र सशक्त बनाउन आवश्यक निर्देशन दिने छलफलमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानका विज्ञले आधा दर्जन कार्यपत्र पेस गर्ने कार्यक्रम छ । विभिन्न सत्रमा नेपालका पूर्व उपप्रधानमन्त्रीहरू भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा, सुजाता कोइराला र विजयकुमार गच्छदारले अध्यक्षता गर्ने व्यवस्था मिलाइएको यादवले जानकारी दिए ।
 

प्रकाशित: १३ आश्विन २०७३ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App