coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गिन्नीसँग कपिलले कसे लगनगाठो

मुम्बई– भारतीय टेलिभिजन कमेडी शो ‘ कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’बाट चर्चामा आएका भारतीय हास्य कलाकार कपिल शर्माले आफ्नी प्रेमिका गिन्नी चतरथसँग लगनगाँठो कसेका छन्।

बलिउडका लागि सन् २०१८ ‘वैवाहिक वर्ष’ झैं बनिरहँदा यो वर्षमा कपिल पनि जोडिएका हुन्। बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनास र अर्की अभिनेत्री दीपिका पादुकोणले अभिनेता रणवीर सिंहसँग विवाह गरेको केही साता बित्न नपाउँदै कपिलले पनि विवाह गरेका हुन् ।

कपिलले पन्जाबको जालन्धरमा विवाह गरेका थिए। कपिल र गिन्नी लामो समयदेखि प्रेममा थिए। कपिलले आफ्नो प्रेम सम्बन्धका विषयमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए। कपिलको घरमा गत बुधबार वैवाहिक कार्यक्रम राखिएको थियो। जहाँ उनी र गिन्नीको परिवारसँगै साथीभाईको बाक्लो जमघट थियो। गिन्नीको वास्तविक नाम भवनीत चतरथ हो। उनलाई साथीभाई तथा परिवारले प्रेमपूर्वक ‘गिन्नी’ भनेर बोलाउँछन्।

जलन्धरको सिख परिवारकी गिन्नी र कपिलको पहिलो भेट सन् २००५ मा भएको थियो। जुन बेला कपिल २४ र गिन्नी १९ वर्षका थिए। यो समयमा कपिल गोजी खर्चका लागि थिएटरको शो निर्देशन गर्दथे। जसका लागि उनले अलग अलग कलेजमा पुगेर छात्राहरूको अडिसन लिन्थे। यही अडिसनका समयमा कपिलको भेट गिन्नीसँग भएको थियो। गिन्नीको कामबाट प्रभावित भएका कपिलले गिन्नीलाई नाटकमा अभिनयका लागि लिएका थिए। नाटकको रिहल्सलमा व्यस्त भएपछि कपिलकै लागि गिन्नीले घरबाटै खाना बनाएर ल्याउथिइन् ।

अभिनेत्री बन्ने चाहना राखेकी गिन्नीले सन्न २००९ मा स्टारवन च्यानलको स्टेण्डअप कमेडी कार्यक्रम ‘हँस बलिए’मा सहभागिता जनाएकी थिइन्। जुन कार्यक्रमको हिस्सा कपिल पनि थिए। यो शो पछि गिन्नीलाई पन्जाबी फिल्म र पन्जाबी टेलिभिजनबाट अभिनयको अफर आए पनि उनले अभिनयबाट टाढिने निर्णय लिइन्।

फाइनान्समा एमबीए गरेकी गिन्नीले अभिनयबाट टाढिएर पिताको व्यवसायमा आबद्ध हुने निर्णय लिएकी थिइन्। गिन्नी उनको घरकी जेठी छोरी हुन् ।

कपिल पहिलोपटक गिन्नीको हात माग्न उनको घर पुग्दा गिन्नीका पिताले कपिलको प्रस्तावलाई अस्वीकार गरेका थिए। सन् २०१६ को डिसेम्बरमा कपिलले गिन्नीलाई फोन गरेर आफू विवाह गर्न इच्छुक रहेको बताएका थिए। यो पटक भने कपिल आफ्नो योजनामा सफल भए। सन् २०१७ को मार्च १७ मा कपिलले ट्वीटरमार्फत फ्यानलाई ‘आफ्नो बेटर हाफ’ भन्दै गिन्नीको तस्बिर ट्वीटेर आफू प्रेममा रहेको सार्वजनिक गरेका थिए। 

कपिलले शुक्रबार अमृतसरमा पहिलो पाटी दिँदैछन् भने दोस्रो पाटी डिसेम्बर २४ मा मुम्बईमा दिँदैछन्। कपिल चाँडै नै आफ्नो नयाँ शोका साथ दर्शकमाझ आउँदैछन् ।

 

प्रकाशित: २८ मंसिर २०७५ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App