७ वैशाख २०८१ शुक्रबार
अन्य

बेहुली बन्नका लागि तीन मेकअप सुझाव

हुन त आजभोलिका बेहुलीहरु बिहेमा मेकअप कि त ब्युटिसियनसँग, कि त मेकअप आर्टिस्टसँग नै गराउँछन् । तर कुनै समय यस्तो पनि आउँछ कि उनीहरुसँग न त मेकअप आर्टिस्ट हुन्छन्, न त ब्युटिपार्लर जाने समय नै । यस्तो समयमा बेहुलीले कसरी आफ्नो मेकअप आफैँ गर्न सक्लान् त ? केही सुझावहरु :

१.आफ्नो स्टाइलको बारेमा सोच्नुहोस्

बिहेको दिन तपाईंको जिन्दगीको सबैभन्दा ठूलो दिन हो । महत्वपूर्ण यस दिनका लागि तपाईंले निकै लामो समय बिताइसक्नुभएको छ । त्यसैले बिहेको दिन कुनै कमी नराख्नका लागि आफ्नो स्टाइलको बारेमा थाहा पाउन जरुरी छ । आफूलाई सुहाउने र मनपर्ने स्टाइलको मेकअप छनोट गरेर मेकअप सुरु गर्न सक्नुहुन्छ । यदि तपार्इंलाई भद्दा र रातो लिपिष्टिक सुहाउँदैन भने पिंक रंग प्रयोग गर्न सक्नुहुन्छ । कसैलाई पिंक सुहाउँदैन भने अन्य रंगहरुको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंलाई कुन रंग सुहाउँछ भन्ने थाहा पाउन जरुरी छ । त्यसैले सुरुमा मेकअप गर्नुअघि आफूले आफ्नो मन पर्ने, नपर्ने र सुहाउने नसुहाउने मेकअप सामग्रीको छनोट गर्नुहोस् । 

२. सुझाव लिनुहोस्

मेकअप कस्तो भयो होला, यो कुरा आफूलाई भन्दा धेरै आफ्ना नजिकका साथीभाइलाई थाहा हुन्छ । त्यसैले अन्य समयमा आफूलाई कस्तो मेकअप सुहाउँथ्यो र बिहेको दिन कस्तो मेकअप सुहाउँछ भन्ने जस्ता कुराको सुझाव तपार्इं आफ्ना साथीहरुसँग पनि लिन सक्नुहुन्छ । यस्ता सुझावले तपाईंलाई सही र सुहाउँदो मेकअप गर्न सहयोग पुग्छ । साथै भर्खरै बिहे गरेका साथीहरुबाट पनि तपार्इं सुझाव लिन सक्नुहुन्छ । अन्य साथीहरुलाई भन्दा बिहे भइसकेका साथीहरुसँग तपार्इंलाई दिने उपयुक्त सुझावहरु हुन सक्छन् । त्यति मात्रै होइन उनीहरु अनुभवी हुनाले आफ्नो बिहेमा भएका गल्तीहरु सच्याउन पनि मद्दत गर्न सक्छन् । 

३. सोसल मिडियातिर नजर लगाउनुहोस्

अहिलेको जमाना नै सोसल मिडियाको छ । अझै कतिपय मानिसहरु त सोसल मिडिया प्रयोग नगरेका मानिसलाई सोसल नै मान्न छाडिसकेको पनि सुन्नमा पाइन्छ । जे होस्, यदि तपार्इंको नजिक मेकअप आर्टिष्ट या ब्युटिसियन उपलब्ध नभएको खण्डमा तपार्इं सोसल मिडियाको प्रयोग पनि गर्न सक्नुहुन्छ । हिजोआज फेसबुक, ट्विटर, इन्स्टाग्राममा मेकअप आर्टिष्टहरुलाई फलो गरेर  मेकअप टेक्निकप्रयोग गर्न सकिन्छ । त्यति मात्रै होइन, तपार्इंले गुगलमा गएर खोजे संसार तपाईंको हातमा छ, मेकअपको त कुरै छाडौं । 

प्रकाशित: २७ मंसिर २०७५ १६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App