बेहुलीका लेहेङ्गा

बिहिबार, २७ मङि्सर २०७५, २२ : ०० पुष्पा थपलिया

न्युरोडकी सनिता महर्जन र उनका श्रीमान् कुपन्डोलमा अवस्थित लाइक्रा बुटिकमा बिहेका कपडा हेर्दै थिए । उनीहरुलाई रातो कलरको, जताततै हातले बुनेको चित्रसहितको सुन्दर लेहेङ्गा खुब मन प-यो । सनिताका श्रीमान्ले त्यो लेहेङ्गा धेरै पटक उचाले र करिब ५ या ६ केजीको हुनसक्ने अनुमान पनि गरे र एक्लै गुनगुनाए, यस्तो गह्रौं कपडा लगाउने हुन् पो कसरी । 

उनीहरु आफ्नी एक्ली छोरीको बिहेका लागि सपिङ गर्न त्यहाँ पुगेका थिए । सनिताले भनिन्, छोरी अस्ट्रेलयामा छिन्, यही मंसिरमा बिहे गरिदिनुप-यो भनेर सपिङ सुरु गरेको । सनिताले हाँस्दै थपिन्, आजभोलि केटा खोज्न दुःख गर्नै परेन, छोरी आफैँले खोजिहाल्छे, तर अन्य कुरामा त कम्प्रमाइज गर्नुभएन नि !

उनीहरुले केही लेहेङ्गाका फोटो पनि खिचे, छोरीलाई पठाउन । छोरीलाई मन परे किन्ने बाचा गर्दै त्यहाँबाट निस्किए । उनीहरुले हेरेको उक्त लेहेंगा करिब ६० हजार रुपैयाँबराबरको थियो । 

उनीहरु निस्कने बित्तिकै अर्की एक महिला आइन् । उनको नजर भने डमीमा राखिएको मरुम कलरको लेहेङ्गामा अड्कियो । उनले त्यसलाई निकैबेर नियालिरहिन् । धेरैबेर नियाल्नुको कारणबारे उनले भनिन्, आजभोलिको जेनेरेसन, आमाबाले छानेको, हेरेको केही हुँदैन भन्छन् त्यसैले छोरी आएपछि फाइनल हुन्छ । उनी छोरी कतिखेर आउली भन्ने प्रतिक्षामा थिइन्, साथै छोरीलाई उक्त लेहेङ्गा मनपर्ने आशामा पनि । उनले नजर लगाएको उक्त मरुम कलरको लेहेङ्गाको मूल्य थियो, करिब एक लाख ७० हजार रुपैयाँ । 

यति महँगो लेहेङ्गा पनि बिक्री हुन्छ भन्ने प्रश्नमा लाइक्राकी सञ्चालिका सविता महर्जनले भनिन्, ‘यो त अझै सस्तो हो, मानिसहरु अझै बढी पैसा खन्याउन पनि तयार हुन्छन् ।’ 

किन यति महँगा ब्राइडल डे«सको माग बढेको होला त ? कारण प्रष्ट्याउँदै महर्जनले भनिन्, ‘बिहे भनेको जिन्दगीमा एक पटक गर्ने हो, कसैले पनि म फेरि बिहे गरिहाल्छु नि भनेर बिहे गर्दैनन् । एक पटक गर्ने कामका लागि कोही मानिस पनि कम्प्रमाइज गर्न चाहँदैनन् ।’ 

कारण एकपटकको बिहेमा कम्प्रमाइज नगर्ने मात्रै होइन रहेछ । सबैमा फेसन सेन्स बढेसँगै बिहेमा बेहुलीभन्दा चमकधमकका साथ आफन्तहरु आउन थाले । करोडौं तारामा जुनले आफ्नो अस्तित्व राख्न परेजस्तै, बेहुलीको अस्तित्व राख्न धेरै हेवी र महँगो लेहेङ्गा किन्नुपर्ने बाध्यता रहेको महर्जनको भनाइ छ । जसका कारण बेहुलीहरु सयौं मानिसमा फरक अनि सुन्दर देखिन गह्रौं र महँगा लेहेङ्गा किन्न खोज्छन् । 

भारतीय संस्कृतिले बुटिक फाइदामा

नेपालमा भारतीय संस्कृतिहरु विनारोकतोक, ढिला नगरेरै भित्रन्छन् । अझै भारतीय टेलि सिरिलयहरुले त यहाँका महिलाहरुमा सिधै असर पार्छ । यसैको असर अचेल बिहेमा पनि देखिन थालेको छ । अहिले नेपालमा पनि भारतीय संस्कृतिलाई पछ्याउँदै हल्दी, संगीत, रिसेप्सन पार्टीलगायतका कार्यक्रमहरु हुन थालेका छन् । प्रत्येक फङ्सनमा फरक–फरक ड्रेस लगाउनुपर्ने चलन पनि बढेको छ । यसले केटी पक्षको खर्च त बढाएको छ नै, बुटिकहरु भने फाइदामा जान थालेका छन् । जुन्जेली बुटिकमा काम गरिरहेकी बिनिताले भनिन्, ‘बेहुलीले हरेक फङ्सनका फरक–फरक ड्रेस लगाउनुपरेपछि उनीहरु सबै सामान एकै बुटिकबाट खरिद गर्छन् । यसले हामीलाई त फाइदा नै पु-याएको छ । 

विनिताले थपिन्, जमाना पनि धेरै देखासिकीमा जान थालिसकेछ, त्यसैले बिहे हुन लाग्यो कि, प्रायःजसो बुटिकमा आउनेहरु, हल्दीका लागि पहेलो रंगको, संगीतका लागि धेरै रंगहरु मिक्स भएको कलरफूल, बिहेको दिन रातो भरेको साडी अनि रिसेप्सनका लागि लेहेङ्गा किन्छन् । एउटै कपडा ५० हजारभन्दा बढीको हुन्छ, हरेक कपडा फरक–फरक किन्दा त एकै बिहेबाट लाखौं कमाउन सकिन्छ । 

यसले बुटिक सञ्चालकलाई भने निकै फाइदा पुग्ने गरेको छ । त्यसैले जुन्जेलीले पनि बिहेलाई तार्गेट गरेर नयाँ–नयाँ डिजाइनका लेहेङ्गाहरु ल्याएको छ । यसले प्रायः ब्राइडल लेहेङ्गा भेल्व्रेट फ्रेविक प्रयोग गर्ने गरेको पनि बिनिताको भनाइ छ । 

किन बुटिकमा बढ्दो आकर्षण

पहिले–पहिले बिहेको सामान खरिद गर्ने भन्नेबित्तिकै असन इन्द्रचोकतिर बढी भीडभाड हुने गर्दथ्यो । तर अहिले कुपन्डोल, बौद्ध, ठमेललगायतका बुटिकहरुमा हुलमूल बढ्न थालेको छ । मानिसहरु बिहेको कपडा खरिद गर्ने भन्नेबित्तिकै अन्त नसोचेर बुटिकतिरै दगुर्न थालेका छन् । यसको कारणबारे बताउँदै ओड्ने बुटिककी खुश्बुले भनिन्, ‘सबै सामान एकै ठाउँमा भनेजस्तै बताएर प्रयोग गर्न सकिने भएकाले बुटिकतिरै मानिसहरुको आकर्षण बढेको हुनसक्छ । 

खुश्बुले भनिन्, ‘अन्य पसलतिर एउटा कुरा मन परे अर्को मन नपर्न सक्छ । फेरि आफूले चाहेजस्तो, खोजेजस्तो डिजाइन नपाइन पनि सक्छ । तर बुटिकमा आए त्यसमा कम्प्रमाइज गर्नै पर्दैन । जस्तो डिजाइनको सोच्यो, जस्तो कलरको खोज्यो उस्तै बनाउन लगाउन सकिन्छ । लगाउँदा कम्फर्टेबल हुने कपडाहरु बुटिकले नै बनाउने हुँदा पनि बिहेको कपडा बुटिकमा बनाउने चलन बढेको हुनसक्छ ।

बेहुला–बेहुलीको ड्रेस कोड

पहिले दुलहीले लगाउने कपडामा मात्रै फेसन हुन्थ्यो । दुलाहाले लगाउने कपडा सबैको उस्तै नै हुन्थ्यो । बिहेको दिन दौरा सुरुवाल लगाउने चलनलाई बिस्तारै कोट पाइन्टले विस्थापित गरेको थियो । अहिले सबैले बुटिकलाई फलो गर्न थालेपछि विभिन्न डिजाइनका दौरा सुरुवालहरु बन्न थालेका छन् । अझै बेहुला बेहुलीको ड्रेस एकै कपडाको बनाउने चलन पनि बढिरहेको छ । यदि फरक–फरक कपडा भए पनि त्यो ड्रेसको पाइपलाइन बेहुलीको कपडासँग म्याच गरेर पनि एकै प्रकारको ड्रेस कोड बनाउने चलन बढेको छ । यसरी एकै प्रकारको ड्रेस सिलाउन पनि बुटिकजस्तो उपयोग अन्य ठाउँ नहुने लाइक्राकी सञ्चालिका सबिना बताउँछिन् । उनले भनिन्, अब अन्य पसलमा बेहुला–बेहुलीको एउटै किसिमको ड्रेस किन्न कहाँ पाइन्छ र । यदि कपडा किनेर सिलाउन दिए पनि बुटिकको जस्तो आकर्षक कपडा बनाउन नसक्ने उनको भनाइ छ । 

सबिनाले अझै थपिन्, सबै मानिस फेसनेबल भएसँगै, बेहुला बेहुली छुट्याउन पनि एकै प्रकारको ड्रेस कोड हुन आवश्यक भइसक्यो । आउनेजाने मानिसलाई यो चाहीँ बेहुला बेहुली हो भनेर चिन्ने तरिका ड्रेस नै भएको उनको भनाइ  छ । समय क्रमसँगै बेहुलीको मात्रै होइन बेहुलाको फेसनमा पनि उतारचढाव आएको सबिनाको भनाइ छ । उनले भनिन्, हामी बेहला, बेहुली दुवैका लागि ड्रेस तयार पार्छौं, प्रायः बेहुला बेहुली नै एकै ठाउँबाट कपडा खरिद गर्न चाहने भएकाले दुवैको कपडा तयार पार्ने गरेको प्रस्ट पार्दै उनले थपिन्, बेहुलाहरु अचेल बिहेको दिन दौरा सुरुवाल लगाउँछन् भने रिसेप्सन पार्टी लगायत अन्य दिनमा कोट पाइन्ट लगाउँछन् । कोट पाइन्टमा पनि विभिन्न फेब्रिक कलरहरु प्रयोग हुन थालेको उनको भनाइ छ ।

पुरानो परम्परामा फर्किँदै बेहुला बेहुली

फेसनको एउटा चक्र हुन्छ र त्यो चक्र नै घुमिफिरी आइरहन्छ । यो भनाइ प्रायः फेसन डिजाइनरको मुखबाट बाहिरिन्छ। उनीहरु आजको फेसन नै १० वर्षपछि केही परिमार्जन भएर फर्किने कुरा गरिरहन्छन् । त्यसैले फेसन कहिल्यै पुरानो नहुने तर्क उनीहरुको हुन्छ । यही तर्क नै अहिलेको जमानामा पनि सावित भएको छ । मानिसहरु पुराना फेसनमा फर्किरहेका छन् ।

विशेष गरी बिहेका कपडामा पुराना ड्रेसले डेरा जमाउन थालेको छ । पहिले–पहिले प्रयोग हुने कपडाहरु अहिले बिहेमा प्रयोग हुन्छन् । पहिले र अहिलेमा फरक के छ भने, कुनैमा फेब्रिकमा भिन्नता आएको छ, कुनैमा डिजाइनमा । यदि पुरानो डिजाइन छ भने त्यसमा नयाँ–नयाँ फेब्रिकको प्रयोग हुन थालेका छन्, पुरानो फेब्रिक छ भने नयाँ–नयाँ डिजाइन प्रयोग हुन थालेका छन् । 

ओड्ने बुटिककी खुश्वु पनि यो कुरामा सहमत छिन् । उनले भनिन्, नयाँ जेनेरेसनले फेसन सँगै पुराना परम्परालाई पनि अगाडि बढाउन थालेका छन् । उनीहरुको ड्रेस सेन्समा परम्परागत कुराहरु आउन थालेको छ यो धेरै सुखद पक्ष हो । 
खुश्बुका अनुसार अहिले परम्पराअनुसार बिहेका कपडामा पश्मिना, ढाकालगायतका परम्परागत कुरा जोडिन थालेका छन् । 

मंसिर महिना लागेसँगै विभिन्न बुटिकले बिहेका कपडाको तयारी सुरु गरिसकेका छन् । नयाँ–नयाँ कलेक्सन सुरु भइसकेको छ । अझै केही बुटिकले त बिहेका लागि नयाँ काम गर्न एक वर्ष अघिदेखि नै सुरु गरेको समेत बताएका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad