coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार संघीयता समाप्त पार्ने डिजाइनमा : कांग्रेस नेता

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता महेन्द्र यादवले सरकार संघीयता समाप्त पार्ने डिजाइनमा लागेको आरोप लगाएका छन्। 

विहीवार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता यादवले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाइनमा लागेको भन्दै गठन भएको एक वर्ष भइसक्दा पनि केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको जिकिर गरे।

सरकार आफै धर्म प्रचारमा लागेको आरोप लगाउँदै उनले भने, ‘सरकार धर्मको प्रचारमा मात्रै होइन, कमाउ धन्दामा पनि लागेको छ। अहिले त ठेक्कापट्टामा पनि लागिसक्यो। अहिले ५० अर्बको योजना सरकारले बिना प्रतिस्पर्धा दिने भनेको छ।’ 

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटको नाममा वर्तमान सरकारले क्रिश्चियन धर्मलाई प्रचार गर्ने काम गरेको पनि उनले आरोप लगाए। उनले भने, ‘सरकारको यो कदमले हिन्दूहरु सशंकित भएका छन्। सरकारले संविधानलाई मिच्न खोजिरहेको छ। यसप्रति कांग्रेस गम्भीर छ।’

नेता यादवले शुक्रबारबाट सुरु हुने पार्टीको महासमिति बैठकमा पार्टीलाई संघीय ढाँचामा लैजानेबारे छलफल हुने स्पष्ट पारे। उनले भने, ‘पार्टीको आगामी कार्यदिशा कस्तो हुन्छ भन्ने विषयमा पनि हामी गम्भीर छलफल गर्छौं।’ कांग्रेस कमजोर भयो भने मुलुकमा लोकतन्त्र नै कमजोर हुने भएकोले कसरी लोकतान्त्रिक पद्धतिलाई मजबुद बनाउने भन्नेबारे पनि महासमिति बैठकमा छलफल हुने बताए।

यादवले अहिले पदाधिकारीको संख्या नथपिने जिकिर गरे। उनले भने, ‘२ वटा उपसभापति, २ महामन्त्री र २ सह–महामन्त्री हुन्छ। तर, ४ जना उपसभापति हुँदैन्।’ महासमिति बैठकमा कसैको पनि दुई तिहाई बहुमत नपुग्ने भएकोले विधानमा जे–जे विषय सहमति हुन्छ तीनलाई अघि लैजाने र सहमति भएन भने पूरानै लागु हुने उनको दाबी छ। 

प्रकाशित: २७ मंसिर २०७५ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App