coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सीके राउतलाई रिहा गर्न माग

काठमाडौं– स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ। 

बिहीवार गठबन्धनका प्रवक्ता अब्दुल खानले सार्वजनिक अपिलमार्फत राउतलाई रिहा गर्न माग गरेका हुन्। उनले राउतमाथि सरकारले लगातार दमन गरेको र गैर न्यायिक हिरासतमा राखेको आरोप लगाउँदै राउतको परिवारलाई विचल्लीमा पारेको जिकिर गरेका छन्।  

राउत अहिले संगठित अपराध र राजद्रोहको मुद्दामा अनुसन्धानका लागि रौतहट कारागारमा छन्। उनलाई यातना दिन जेल पठाइएको गठबन्धनको आशंका छन्। 

‘राउतमाथि लगाइएका ११ मुद्दामध्ये ५ राजद्रोहको मुद्दामा विशेष अदालतले नै सफाई दिइसकेको छ। सर्वोच्च अदालतबाट समेत राउतले लेखेका किताब, भाषण, नारा तथा क्रियाकलापहरु कुनै पनि किसिमको राजद्रोह या गैरन्यायिक होइनन् भनी नजिर कायम भइसकेको छ’, प्रवक्ता खानद्वारा जारी अपिलमा भनिएको छ, ‘राउत र उनका परिवारमाथि सरकारले क्रुरतापूर्वक अत्याचार गरि बाँच्न नै मुश्किल बनाईदिएको छ।’

अपिलमा सरकारबाट भइरहेको मानव अधिकारको हनन र निर्दोष व्यक्तिलाई यातनाविरुद्ध ठोस आवाज उठाइदिन अनुरोध गरिएको छ।

प्रकाशित: २७ मंसिर २०७५ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App