coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग : समूहको अन्तिम खेलमा युभेन्टस र युनाइटेड पराजित

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न समूह ‘एच’को अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्स स्विजरल्याण्ड्को योङ ब्वाइजसँग २–१ ले पराजित भएको छ।

घरेलु मैदानमा भएको खेलमा योङ ब्वाइजको जितमा गुइलाउमी होओराउले दुवै गोल गरे। युभेन्टसका लागि पाउलो डिबालाले एक गोल फर्काए। ३० औं मिनेटमा होओराउको पेनाल्टी गोलबाट योङले अग्रता लिएको थियो।

पहिलो हाफमा १–० को अग्रता लिएको योङका लागि ६८ औं मिनेटमा होओराउले पुनः व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टस २–० ले पछि पर्यो। ८० औं मिनेटमा युभेन्ट्सका डिबालाले एक गोल फर्काएपनि त्यसपछि गोल हुन नसक्दा युभेन्ट्स २–१ को हार ब्यहोर्न बाध्य भयो। स्टार स्ट्राइकर रोनाल्डोले यो खेलमा कुनै चमत्कारी प्रदर्शन गर्न सकेनन्।

पराजित भएपनि ६ खेलबाट १२ अंक जोडेको युभेन्टस समूह विजेता बन्यो। समूहमा पहिलो जित निकालेको योङ ४ अंक सहित पुछारमा रहँदै यो सिजनको च्याम्पियन्स लिगको अन्त्य गरेको छ। यही समूहको अर्को खेलमा इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड स्पेनिस क्लब भ्यालेन्सीयासँग २–१ ले पराजित भयो।

यसअघिनै अन्तिम १६ मा प्रवेश गरिसकेको युनाइटेड समूह उपविजेता बन्यो। युनाइटेडले ६ खेलबाट १० अंक जोड्यो। ८ अंक जोडेको भ्यालेन्सीयाले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा १७ औं मिनेटमा कार्लोस सेलोरले गोल गर्दै भ्यालेन्सीयालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको भ्यालेन्सीलाले दोस्रो हाफमको सुरुमै उपहार गोलमार्फत अग्रता दोब्बर बनायो। ४७ औं मिनेटमा युनाइटेडका डिफेन्डर जोन्सले आफ्नै पोष्टमा गोल गरेका थिए। ८७ औं मिनेटमा युनाइटेडका मार्कुस रास्फोर्डले एक गोल फर्काएपनि त्यो हार टार्न पर्याप्त बनेन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App