मानव बेचविखन राेक्न दुर्इ सयबढीको उद्दार

बिहिबार, २७ मङि्सर २०७५, १२ : २० राजेन्द्र भट्ट

महेन्द्रनगर- पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो । 

माईती नेपाल कञ्चनपुरका सयोजक महेश्वरी भट्टले सन २०१८को अवधिमा माईती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालक, बालिका र महिलाको उद्दार गरी घरपरिवारको जिम्मा लगाएको बताए । संयोजक भट्टका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माईती नेपालको सुचना केन्द्रमार्फत उनीहरुको उद्दार गरिएको हो। 

मानव तस्करले उनीहरुलाई राम्रो काममा लगाईदिन्छु, बिहेगर्छु, विदेश पठाईदिन्छु भन्दै भारत लैजाने गरेका थिए ।

 ‘कुनै न कुनै बहानामा उनीहरुलाई दलालले बेच्नका लागि कञ्चनपुरको पश्चिमी नाका भएर भारत लग्दैक्रममा हामीले सोधपुछ गरेका थियौँ, ‘संयोजक भट्टले भनिन्, ‘हाम्रो सोधपुछका क्रममा उनीहरु जोखिममा परेको विश्लेषण गर्दै घरपरिवार बोलाएर उनीहरुको जिम्मा लगाएका थियौँ।’मानव तस्करले उनीहरुलाई राम्रो काममा लगाईदिन्छु, बिहेगर्छु, विदेश पठाईदिन्छु भन्दै भारत लैजाने गरेका थिए । 

उद्दार गरिएका जम्मा दुईसय मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै छन् । सबैभन्दा बढि कञ्चनपुर र कैलाली र सबैभन्द कम डोटीका छन्। कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुका ६÷६, डोटी १, बझाङ्ग २, डडेल्धुरा ४ र दार्चुलाका ५ जनालाई उद्दार गरिएको छ।

२३ घरेलु हिंसाका उजुरी मध्ये १७ मिलापत्र, ३ जबरजस्तीकरणी र २ मानव बेचबिखन बिरुद्ध माईती नेपालमार्फत मुद्दा दायर गरिएका छन् ।

बर्ष दिनको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढि भारत जान लागेका १६७, इरान १५, कृर्गिस्थान ११, अस्टे«लिया ४, पोल्याण्ड, दुबई, कुबेत एक÷एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् । ‘भारत जान लागेका सबै संस्कापद व्यक्ति थिए, ‘माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले भने, ‘विदेश जान दिल्ली भएर जाने स्वत गैरकानुनी भए, त्यसैले उनीहरुले जोखिमा परेका थिए ।’ यस्तै माईती नेपाल कञ्चपुरले एक बर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोखिममा परेका १० जनाको उमेत उद्दार गरी सम्बन्धी घर परिवारलाई बुझाएको छ।

भारतका मुख्य शहर पञ्जाब, दिल्ली, मदरासबाट दुई दुई र हैदरवाद, खटिमा, बङलोर, पुनाबाट एकएक जनाको उद्दार गरिएको थियो । एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरमा १५८ मानिस हराएका मध्ये २९ जना फेला परेका थिए। उनीरुलाई समेत घरपरिवारको जिम्मा लगाईएको छ। २३ घरेलु हिंसाका उजुरी मध्ये १७ मिलापत्र, ३ जबरजस्तीकरणी र २ मानव बेचबिखन बिरुद्ध माईती नेपालमार्फत मुद्दा दायर गरिएका छन् । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्ससमेत दिएको जनाएको छ । 
भट्टले सुविधायुक्त जिवन, बेरोजगारी, विवाहको प्रलोभन मायाजाल, परिवारको दवाव, योजना, घरेलु हिंसा, मोबाईल, समाजिक सञ्जाल दुरुपयोगका काण मानव बेचबिखनको सिकार बनेको पाइएको बताए। परिवारकै सदस्य एव आफन्त बेचबिखनका सहभागि हुँदा समेत मानव बेचबिखन रोकथाममा चुनौती थपिएको संयोजक भट्टको अनुभव छ । 

‘मानव बेचबिखन मुद्दामा घर परिवार अहिलेका स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधीकै दवाव आउँछ, ‘उनले भनिन, ‘सीमा क्षेत्रमा हामीले रोक्दा छाडिदिनुप¥यो, मेरी छोरी या छोरा आफन्त कहाँ जाँदैछ, बरु हामीले घरपरिवार स्थानीय सकारबाट के गर्नुपर्छ बनाउन तयार छौँ भन्ने जस्ता अभिव्यक्ति आउँने गर्दछन।’ 

 





 


यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...