८ वैशाख २०८१ शनिबार
कला

सुन्दरीको कथामा ‘मारुनी’

फिल्म ‘मारुनी’का कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह(बाँया), पुष्प खड्का र रेबिका गुरुङ। तस्बिर सौजन्यः विनोद पोखरेल

काठमाडौं – दुई सुन्दरीको कथामा फिल्म ‘मारुनी’ निर्माण हुने भएको छ। पाँच वर्ष पछि फिल्म निर्माणमा फर्किएकी निर्मात्री पुनम क्षेत्री गौतमले निर्माण गर्ने फिल्मको मंगलबार राजधानीमा प्रमुख कलाकारलाई -याम्पमा हिडाउँदै फिल्मको घोषणा गरिएको हो।

निर्देशक नवल नेपालले निर्देशन गर्ने फिल्ममा नायक पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङको अभिनय हुनेछ। -याम्पमा फिल्मका कलाकार हिँडेका थिए। फिल्मका बाँकी कलाकार तथा प्राविधकले पनि -याम्पमै क्याटवाक गर्दै आफ्नो परिचय दिएका थिए।

अन्तर्राष्ट्रिय फेसन डिजाइनरसमेत रहेकी पुनमले फिल्म लेखकसमेत रहेका निर्देशक नेपालले सुनाएको कथाले मन छोएपछि फिल्म निर्माण गर्न अग्रसर भएको बताइन्। ‘तीन वर्षदेखि राम्रो कथाको खोजीमा थिएँ। नवल सरले यो कथा लिएर आएपछि आफूले खोजिरहेको कथा यही हो जस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यसयता काम गर्दै जाँदा अन्ततः हामी यो अवस्थामा आइपुगेका छौं । एक महिनापछि हामी फ्लोरमा जाँदैछौं।’

निर्देशक नवलले फिल्मले दुई सुन्दरीको कथा प्रस्तुत गर्ने खुलाए। ‘फिल्म राम्रो बन्नलाई कथा नै राम्रो हुनुपर्छ। त्यो हिसाबले मारुनीको कथा सशक्त छ। जबसम्म कथाले दर्शकको मुटु छोएर त्यसलाई दुखाउने या हसाउने काम गर्दैन्। तपाई ब्रह्माण्डबाट जे सुकै ल्याउनुस् त्यो फिल्म सफल हुँदैन,’ उनले भने, ‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं।’

अभिनेत्री साम्राज्ञीले फिल्मलाई लिएर उत्साहित भएको बताइन्। ‘फिल्मको कथा युनिक छ। फिल्मको कथा नै थियो जसले मलाई यो फिल्म गर्न बाध्य बनायो। यो फिल्मलाई लिएर एकदमै उत्साहित छु,’ साम्राज्ञीले भनिन्।

फिल्मका नायक पुष्पले फिल्मका लागि लामो समयदेखि मेहनत गरिरहेको बताए। रेबिकाका लागि यो ‘डेब्यु’ फिल्म हो। फिल्ममा  सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसँगै बाल कलाकारका रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीको अभिनय रहनेछ।

माघ दोस्रो साताबाट फ्लोरमा जाने फिल्म पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्ममा पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सघाएका छन्। हरि सिलवाल लाइन प्रोड्युसर रहेको फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ।

फिल्मको कथा युनिक छ। फिल्मको कथा नै थियो जसले मलाई यो फिल्म गर्न बाध्य बनायो। यो फिल्मलाई लिएर एकदमै उत्साहित छु।

प्रकाशित: २७ मंसिर २०७५ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App