४ वैशाख २०८१ मंगलबार
समाज

दशैंका लागि पटके इजाजत पत्र लिएर जुनसुकै रुटमा गाडी चलाउन पाउने

काठमाडौं- नेपाली हिन्दूको महान् पर्व दशैंको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न सरकारले अस्थायी रुट परमिट लिएर यात्रुबाहक बस जुनैसुकै ठाउँमा जानसक्ने बनाएको छ। सरकार र यातायात व्यवसायीबीच भएको बैठकले असोज १५ देखि ३० गतेसम्म पटके रुट परमिट लिएर जुनसुकै स्थानमा जानसक्ने निर्णय गरेको हो।

असोज ७ गतेदेखि यात्रुहरुका लागि अग्रिम टिकेट बुकिङ खुलेपनि टिकेट नपाएको गुनासो ब्यापकरुपले आएकाले यस्तो निर्णय गरेको सरकारी पक्षले जनाएको छ।

यातायात व्यवसायीहरुले भने सिट क्षमताभन्दा बढी मुढा राखेर यात्रु राख्न पाउनुपर्ने माग गरेको छ। दुर्घटना बढेपछि सरकारले सिट क्षमताभन्दा धेरै यात्रु नराख्न निर्णय गरेको थियो। जसलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको छ।

 

प्रकाशित: १२ आश्विन २०७३ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App