७ वैशाख २०८१ शुक्रबार
भिडियो

‘कर्मचारीतन्त्र निकम्मा भयो, सोचेअनुसार काम गर्न सकेनौं’ (भिडियो)

काठमाडौं– प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा अघि बढे पनि कर्मचारीतन्त्रले साथ नदिएको गुनासो गरेका छन्। 

नागरिक नेटवर्कको प्रस्तुति 'नागरिक फ्रन्टलाइन' कार्यक्रममा श्रीराम पौडेलसँग कुरा गर्दै रिमालले कर्मचारीतन्त्र निकम्मा हुँदा सरकारले नीति तथा कार्यक्रमअनुसार काम गर्न नसकेको बताए। ‘सरकारले समृद्ध नेपालको खाका र नीति ल्याएको छ। तर, कर्मचारीतन्त्र गएको २० वर्षमा यति निकम्मा बनाएका रहेछौं कि यो सेवा प्रवाह गर्न सक्ने अवस्थामा नै छैन। कर्मचारीको ढिलासुस्तीले हामीले सोचेअनुसार काम गर्न सकेनौं’, उनले भने। 

सरकारका नीतिहरुको बचाउ गर्दै सल्लाहकार रिमालले सरकारले गरेका कामलाई गलत व्याख्या गरेर भ्रम फैलाउने प्रयास भएको टिप्पणी गरे। ‘सरकारलाई असफल बनाउन जे कुरामा पनि पूर्वाग्रही धारणा बनाउने प्रयास भइरहेको छ’, उनले भने।

उनले सञ्चार माध्यमलाई अझै व्यवस्थित बनाउँदै लैजाने पनि स्पष्ट पारे। ‘हामीले सञ्चारमाध्यमलाई व्यवस्थित गर्नै खोजेको हो।, उनले भने।

प्रकाशित: २७ मंसिर २०७५ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App