७ वैशाख २०८१ शुक्रबार
समाज

भिरबाट लडेर दुई जनाको मृत्यु

रुकुम– रुकुम (पूर्व)मा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ प्वाङका ५९ वर्षीय पुरवीर रोका र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–७ साँखका १२ वर्षीय रमेश सुनारको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रोका गत सोमबार राती गाउँबाट घर जाँदै गर्दा लडेको भएपनि मंगलबार साँझ मात्र शव फेला परेको थियो। प्वाङको सुद्रिमा बाटो भन्दा करिब एक सय मिटर तल रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। 

यस्तै सुनार भने बुधबार दिउँसो लडेका हुन्। सिस्ने गाउँपालिका–६ अमलाचौर खोलामा माछा मार्न गएका उनी घर फर्कने क्रममा भिरालो बाटो भएका कारण लडेको प्रहरीको भनाई छ। भिरबाट लडेर गम्भीर घाइने भएका सुनारको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ। 

प्रकाशित: २६ मंसिर २०७५ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App