coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अम्बानीको छोरी विहेमा यसरी नाँचे हिलारीदेखि शाहरुख र आमिरसम्म (भिडियो)

मुम्बई– भारतका अर्बपति व्यापारी मुकेश अम्बानीकी छोरी ईशाको विहेको पूर्वसन्ध्यामा अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन, जोन केरीदेखि बलिउडका हस्ती शाहरुख, आमिर खानसम्म नाँचेका छन्। 

डिसेम्बर १२ हुन लागेको विहेको पूर्वसन्ध्यामा सोमवार राजस्थानको उदयपुरमा आयोजित संगीत कार्यक्रममा हलिउडकी चर्चित गायिका वियोन्सले समेत प्रस्तुति दिइन।  

ईशाको विहे पीरामल समूहका अध्यक्ष अजय पीरामलका छोरा आनन्दसँग हुँदैछ।

संगीत समारोहमा अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टन, पूर्व विदेशमन्त्री जोन केरी, शाहरुख खान, आमिर खान, प्रसिद्ध फेशन डिजाइनर प्रबल गुरुङ अम्बानी परिवारसँग नाँच्दै गरेको अवस्थामा देखिएका छन्। 

समारोहमा प्रियंका चोपडा, निक जोनस, ऐश्वर्या राय, अभिषेक बच्चन, सलमान खान, कटरीना कैफ र चर्चित खेलाडीहरुको सहभागिता रहेको थियो।

हेर्नुस् भिडियोः

John Kerry and Hillary Clinton dancing to Bollywood music with Shah Rukh Khan in India

2018 is weird. pic.twitter.com/tVPcmkqKB2

— Sameera Khan (@SameeraKhan) December 12, 2018

प्रकाशित: २६ मंसिर २०७५ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App