coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कानून र विधिको शासन भए समृद्धि आफै आउँछ : प्रदेश प्रमुख कुँवर

पोखरा - गण्डकी प्रदेश प्रमुख बावुराम कुँवरले कानून र विधिको पालना भए समृद्धि आफै आउने दावी गरेका छन्। ‘समृद्धि खोजेर ल्याउने होईन। कानून र विधिको शासन भए समृद्धि आफैं आउँछ ।’ उनले बुधबार शैक्षिक परामर्श केन्द्र कास्कीद्वारा आयोजित छैटौं शैक्षिक परामर्श मेलाको उदघाटन गर्दै भने, ‘हाम्रोमा विधिको शासनको राज हुनै सकेन्। कानून कार्यान्वयन भए विधि आफैं बन्छ।’

प्रमुख कुँवरले कानूनद्वारा समाज परिवर्तन हुनुपर्ने औंल्याए। समाज परिवर्तन नभए नागरिकले मात्रै नभई सरकारले पनि समस्या झेल्नुपर्ने उनको भनाई थियो। ‘कानूनले समाज परिवर्तन गर्नुपर्छ, कि समाजले कानून परिवर्तन हुनुपर्छ अन्यथा नागरिकले मात्रै होईन सरकारले समेत समस्या झेल्नुपर्छ।’ उनले भने।

उनले शैक्षिक परामर्श मार्फत धेरै युवा पुस्ता विदेशिएको भएपनि उच्चा शिक्षा लिएपछि स्वदेशमै फर्कनुपर्ने बताए। कतिपय उच्च शिक्षाको नाममा विदेशिने र विदेशमा पढाई सकेपछि उतै रोजगारी गरी बस्ने युवा पुस्ताप्रति चिन्तित हुँदै प्रदेश प्रमुख कुँवरले भने ‘विदेश जानुपर्छ। सिक्नुपर्छ। सिकेका नयाँ कुरालाई स्वदेशमै काम गर्ने गरी फर्किनुपर्छ। तपाईहरुले पनि त्यस्तै काउन्सिलिङ गरिदिनोस्।’ रक्षा र शिक्षाको जिम्मेवारी सरकारको भएको उनले बताए।

नेपाल शैक्षिक परामर्श केन्द्र (इक्यान) का केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले नेपाललाई शैक्षिक हब बनाउने गरी काम गर्नुपर्ने बताए। ‘साईप्रस जस्तै नेपाललाई पनि अब शैक्षिक हब बनाउनुपर्छ’ उनले भने, ‘त्यसको लागि ईक्यानले महत्वपूर्ण भूमिका खेल्छ। विदेशीलाई पनि नेपालमा ल्याउन सक्छौं।’

 

प्रकाशित: २६ मंसिर २०७५ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App