८ वैशाख २०८१ शनिबार
राजनीति

वाइडबडी खरिदको छानबिन गर्न लेखा समितिले बनायो उपसमिति

काठमाडौं- नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी जहाज खरीद प्रकरणमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले उपसमिति बनाएको छ। समितिको बुधबार बसेको बैठकले वाइड वडी खरिद प्रकरणको अनियमितताका विषयमा छानविन गर्न  उपसमिति बनाएको हो।

राजन केसीको संयोजकत्वमा उपसमिति बनाइएको लेखा समितिका सभापति भरतकुमार शाहले बताए। उपसमितिमा सांसदहरु प्रेम अाले, धर्मशीला चापागार्इं, मिना पुन, चन्दा चाैधरी, प्रदीप यादव, र कृष्णलाल महर्जन सदस्य रहेका छन्। उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन लेखा समितिले समयअवधि तोकेको छ।

प्रकाशित: २६ मंसिर २०७५ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App