coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ब्याजदर बढाएकाेमा महासंघको चिन्ता

काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकामा गम्भीर चिन्ता प्रकट गरेको छ।

महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाललाई मंगलबार भेटी दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी एकाएक कर्जाको ब्याज बढाएकामा चिन्ता प्रकट गरेको हो। ऋणको ब्याज अचानक वृद्धिले उद्योग व्यवसाय क्षेत्रमा कठिनाइ उत्पन्न भएको जानकारी पनि महासंघले दिएको छ। 

महासंघले ब्याज दर वृद्धिले निर्माणाधीन परियोजनाको लागत वृद्धि गरेको र नया परियोजना ल्याउन नसकेको अवस्था सिर्जना भएको बताएको छ। ‘नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको अवस्थामा बैंकको ब्याजदरमा भएको वृद्धिले उद्योग क्षेत्रको लगानी झनै प्रभावित हुने छ,’ महासंघले भनेको छ।

महासंघले अहिलेको अवस्थालाई सुधार गर्न ब्याजदर घटाइनुपर्ने, सरकारको पुँजीगत खर्च वृद्धि हुनुपर्ने,संस्थागत निक्षेपकोे सीमा ४५ बाट २५ प्रतिशतमा झारिनुपर्ने, ब्याजदर अन्तर तीन प्रतिशत गरिनुपर्ने, बैंकिङ प्रणालीबाट रेमिटेन्स ल्याउन प्रोत्साहन गर्नुपर्ने र अनौपचारिक अर्थतन्त्रको रकम औपचारिक प्रणालीमा ल्याउन बैंकमा जम्मा गर्ने प्रक्रिया सहज हुनुपर्नेलगायत माग गभर्नरसँग राखेको छ।

यस्तै महासंघले उद्योग व्यवसायका अन्य क्षेत्रमा सुधार ल्याउन १८ वटा विभिन्न बुँदामा सुधार गर्न पनि माग गरेको छ। गभर्नर नेपालले यतिखेर निक्षेपभन्दा ऋणको माग बढी भएकाले मुलुकभित्र आर्थिक गतिविधि बढ्दै गएको संकेत दिएको बताए। राष्ट्र बैंक अहिलेको ब्याजदर वृद्धि र तरलता समस्या समाधानमा क्रियाशील रहेको भन्दै गभर्नर नेपालले ब्याजदर नबढ्ने विश्वास दिलाए।

प्रकाशित: २६ मंसिर २०७५ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App