न्याय नपाइने नयाँ युग

बुधबार, २६ मङि्सर २०७५, ०९ : २२ रमेश पौड्याल/डा. अनुसा थापा/मिलन पाण्डे

आजभन्दा ३८ वर्ष पहिले ३८ सालकै जेठ १८ गते काठमाडौँ बस्ने नमीता, सुनीता र मीरा सँगै पोखरा घुम्न जान्छन्। २४ गते बिहानै उनीहरू बेगनास ताल घुम्न निस्कन्छन् तर उनीहरू फर्कंदैनन्। नमीता–सुनीताको लास केही दिनपछि निर्मम अवस्थामा फेला पर्छ। उनीहरूको बलात्कारपछि हत्या गरिएको पाइयो। यो घटना भएको वर्षाैं भयो। हत्यारा आजसम्म पनि पत्ता लागेको छैन। त्यसपछि पनि हजारौँ बलात्कार गरेर हत्या भए। हामी आज निर्मला पन्तको बारेमा लेख्न बस्दै गर्दा आफैँसँग प्रश्न गर्दै छौँ, यदि यो घटनामा संलग्नहरूलाई निर्मम कारबाही भएको भए, के हाम्रो समाजमा बलात्कार अनि हत्याको संख्यामा फरक आउँथ्यो होला  ? हामीलाई लाग्छ, आउँथ्यो।

साउन १० गते  निर्मला पन्तको बलात्कारपछि हत्या भयो। यो बलात्कार–हत्यापछि पनि त्यही नजिक नै पनि बलात्कार भइरहेका छन्। केही दिनअघि त्यहीँ एक जना ५ वर्षकी बच्चीको बलात्कार भयो। बलात्कार अनि हत्याको शृंखलाहरू रोकिएको छैन। यसले डरलाग्दो चित्र देखाउँछ। कुनै समयका, कुनै घटना यस्ता हुन्छ, जसले एउटा कालखण्डकै घटनाहरूको प्रतिनिधित्व गर्छ। त्यो घटना बनेको छ, निर्मला हत्याकाण्ड।

अनुसन्धानको बाधक
कुनै पनि अनुसन्धानको सफलताका निम्ति विश्वासको वातावरण चाहिन्छ। प्रहरीले सुरुमा आफ्नो दायित्व राम्रोसँग पूरा गरेनन्। उजुरी नै लिन मानेन। जसले गर्दा पीडित पक्षले प्रहरीलाई विश्वास गर्ने वातावरण बनेन। यो अविश्वासको खाडलको पछाडि निर्मलाको मुद्दा मात्र होइन, यो भन्दा अघिका घटनाहरूमा प्रहरी प्रशासनको भूमिका पनि दोषी छ। उनीहरूले स्थानीयलाई गर्दै आएको व्यवहार दोषी छ। सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वको कार्यदलकै प्रतिवेदनले नै पनि घटनामा लापरबाही भएको देखाउँछ। जसरी प्रमाणहरू संकलन र घटना स्थलमा ‘सिल’ गरिनुपथ्र्याे, त्यो गरिएन। हल्लाखल्ला हुँदा विभिन्न पक्षबाट लापरबाही भइसकेको थियो। यही असंवेदनशीलताले स्थानीय र प्रहरीबीच दूरी बढाइदियो। फलस्वरूप, अवस्था यस्तो बन्दै छ कि प्रमाणसहित असली दोषीलाई नै प्रहरीले उभ्याए पनि स्थानीयले पत्याउने अवस्था छैन।

यो सबै हुनुमा प्रशासन मात्रको पनि दोष छैन। केही मिडिया अनि सोसियल मिडियाले ‘भाइरल’ बनाउने नाममा विनाआधार उछालिदिए। मुद्दा अघि बढ्दै जाँदा, यसमा व्यक्तिगत ‘इमोसन’ अनि ‘इगो’ पनि जोडियो। जसले घटनालाई ‘वैज्ञानिकता’बाट मोडेको छ।

परिस्थिति अघि बढेसँगै घटनाले राजनैतिक रूप पनि लिन थालेको छ। हुन त गृहमन्त्रीको ‘पुँजीवादले बलात्कार बढाउँछ’ अनि प्रधानमन्त्रीको ‘हत्यारा भेटिन १२ वर्ष लाग्न नि सक्छ’ भन्ने गैरजिम्मेवार वक्तव्यले यसको सुरुवात गरेको हो। एकजना सत्तापक्षीय सांसद, जो आफैँ महिला हुन्, उनले ‘निर्मला हत्या प्रकरण सरकार ढाल्ने खेल हो’ भन्ने उदेकलाग्दो अभिव्यक्ति दिएको पनि यहाँ स्मरणीय छ। सरकारको रवैयाले अपराधीलाई जोगाउन सरकार नै लागेको ‘इम्प्रेसन’ परेपछि झन् सरकार रक्षात्मक बनेको जस्तो देखियो जसले अनुसन्धानलाई झन् असर पुग्यो। केही स्थानीयहरूसँग केही प्रमाण भए पनि प्रहरीले नै अपराधी बचाउन लागेको बुझाइका कारण ती प्रमाणहरू प्रहरीसम्म नै पुग्न नसकेको हुन सक्छ।

यो मुद्दामा प्रहरीको तर्फबाट पनि अनावश्यक वक्तव्यबाजी अनि मिडियाबाजी भए। अहिले त जो अगाडि आयो, उसैलाई शङ्का गर्ने अनि डिएनए चेक गरिने हल्लाको माहोलले केही गर्नेभन्दा नगर्ने रणनीति अख्तियार गरिँदै गरेको देखिन्छ।

‘पुँजीवादले बलात्कार बढाउँछ’, ‘हत्यारा भेटिन १२ वर्ष लाग्न नि सक्छ’, ‘निर्मला हत्या प्रकरण सरकार ढाल्ने खेल हो,’ यी कस्ता अभिव्यक्ति हुन् ?

अनुत्तरित प्रश्नहरू
यो मुद्दामा केही अनुउत्तरित प्रश्न छन्, जसको उत्तरविना वा स्पष्टताविना यो मुद्दा छिनोफानो हुँदैन। प्रश्नहरू धेरै छन्। ‘लाको हराएको कपडादेखि बबिता बम त्यो दिन ट्युसन गएको, नगएकोसम्म यकिन छैन। लासको दाह संस्कारको हतारो अनि प्रशासनले प्रमाण मेटाएको हो वा लापरबाही भएको हो, खुलेको छैन। के अहिले जाँच गरिरहेको निर्मलाको ‘स्याम्पल’ निर्मलाकै हो त  ? अनि, छानबिन समितिको सदस्यले नै ज्यान मार्ने धम्की आयो भन्दा, किन सत्य–तथ्य खोजिएन  ? वा, झुट थियो भने किन कारबाही भएन ?

१) डिएनएबारे
अहिलेसम्म ल्याबमा पठाइएको ‘भजाइनल स्वाब’मा निर्मलाको डिएनए कस्तो देखिएको छ भन्ने कुरा आधिकारिक रूपमा स्पष्ट आएको छैन। के त्यो स्पष्ट छ  ? के ‘भजाइनल स्वाब’मा अर्को व्यक्तिको डिएनए छ कि छैन ? छ भने पनि ‘रिडिङ कति (एकुरेसीसहित) मिलेको छ ? अहिलेको प्रयोगशालाको जनशक्ति अनि विज्ञता सम्पूर्ण हिसाबले सक्षम छ  ? अहिले हामीले लिँदै गरेको डिएनए ‘भजाइनल स्वाब’मा भेटिएको अर्को व्यक्तिको डिएनएसँग कति मेल खाएको छ  ? के ‘भजाइनल स्वाब’मा एकभन्दा बढी व्यक्तिहरूको डिएनए भेटिएको छ  ? यी प्रश्नहरूको उत्तर स्पष्ट कहीँ छैन। हुन त ‘पहिलोपोस्ट’मा यसबारे एउटा शृंखला नै प्रस्तुत छ, तर औपचारिक रिपोर्ट आएको छैन। यही कारणले गर्दा यो परीक्षणमै प्रश्न उब्जिएको छ। साथै, डिएनए परीक्षणमा अपनाइएको विधि र प्रक्रियासमेत जानकारी पाउन नसक्दा, यो परीक्षणबारे थप प्रश्न अनि शंका उब्जिएको छ। घटना भएको १३५ दिन नाघ्दा पनि यो एकल वा सामूहिक बलात्कार चर्चा टुंगिएको छैन। प्रहरीले आफ्नै ल्याब केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामै परीक्षण गरेकामा प्रश्न उठाउन पाउने कि नाइँ  ? राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा बाहेक नेपालबाहिरै लगेर पनि परीक्षण गरिन जरुरी छ ताकि मानवीय अनि प्राविधिक त्रुटिबारे पनि बलियो ‘क्रस(भेरिफिकेसन’ गर्न सकियोस्। अनि, यति संवेदनशील विषयमा पनि किन टेस्टको रिपोर्ट मिल्यो वा मिलेन भन्नेमा मात्र अड्काइएको छ ? विस्तृत जानकारी आम नागरिकलाई दिन जरुरी छ।

२) हत्याको कारण अनि हत्यारा
निर्मला हत्या प्रकरणको रिपोर्टको २.४ को (क) मा मृत्युको कारण “throttling leading to Asphyxia” भनेको छ। पोस्टमार्टम रिपोर्टमा निर्मलाको कण्ठ नली भाँचेर हत्या गरिएको उल्लेख छ। कण्ठ नली थिचिएको हो वा भाँचिएको हो, स्पष्टसँग व्याख्या छैन। यदि, थिचिएको हो भने त सामान्य अपराधीले पनि घटना घटाएको हुन सक्छ, तर यदि भाँचिएको हो भने यो एउटा पेसेवर प्रशिक्षित हत्याराको काम हो। यो कुरा स्पष्ट गरिनुपर्छ। पोस्टमार्टम रिपोर्टबारे ल्हामो याङचेन शेर्पाले समेत एकभन्दा बढी रिपोर्ट रहेको इंगित गरेकी छिन्। त्यसबारे पनि स्पष्ट गरिन जरुरी छ। हत्याको कारण के हो, अनि कसरी हत्या भयो यकिन भएको छैन।

३) २० रुपियाँ खोइ  ?
निर्मलालाई उसकी साथी रोशनीले चटपटेको २० रुपियाँ दिएकी थिइन्, तर त्यो २० रुपियाँबारे न प्रहरीले घटना स्थलबाट पाएको उलेख छ। न कसैले जानकारी गरेका छन्। त्यो २० रुपियाँ कहाँ गयो  ? कसले लग्यो पनि यकिन भएको छैन। घटना भएको केही दिनमा नै खोजिएको भए, यही २० रुपियाँले पनि हत्यारासम्म पु¥याउन सक्थ्यो। हत्याराले २० रुपियाँ लानुले पनि हत्याराको आर्थिक अवस्थाबारे धेरै सङ्केत गर्छ। यदि निर्मलाले नै २० रुपियाँ खर्च गरेको हो भने पनि कहाँ कसरी खर्च भयो थाहा पाउन सके अनुसन्धानलाई मद्दत पुग्थ्यो। कसैले घटनास्थल नजिक २० रुपियाँ पाएको हो भने पनि त्यसले अनुसन्धानलाई मद्दत पुग्छ।

अब के गर्ने  ?
अहिलेको अवस्था भनेको विश्वासको वातावरणको कमी हो। अबको प्रमुख काम भनेको त्यो वातावरण बनाउने नै हो। अहिलेको अवस्थामा सरकारले यो मुद्दामा राज्यको सम्पूर्ण संयन्त्र लगाएको महसुस नागरिकले गर्न जरुरी छ। त्यस्तै अब प्रधानमन्त्री अनि मन्त्रीहरूले भाषणबाजीभन्दा पनि नतिजा दिन जरुरी छ। हामीले भनिहाल्यौँ, यो एउटा घटना रहेन अब। यो घटना अब बलात्कार अनि महिला हिंसाविरुद्ध सामाजिक रूपान्तरणको कारण बन्नुपर्छ। अब, हामीले बनाउन सक्नुपर्छ।

१) गृहमन्त्रीको राजीनामा
यो मुद्दासम्म पुग्दा ३३ किलो सुन, सिन्डिकेट हुँदै अहिलेको अवस्थामा निर्मलाको पोस्टरसमेत च्यात्न लगाएका गृहमन्त्री आफैं अक्षम देखिइसकेका छन्। अनि अहिले प्रहरी प्रशासन निर्दोषलाई दोषी बनाउन उद्यत देखिएको छ  ? यो कतै राजनैतिक दबाब त होइन  ? रक्षामन्त्रीको केही दिनअघिको हत्यारा भेटिइसक्यो भन्ने वक्तव्य किन गृहमन्त्रीबाट नआई रक्षामन्त्रीबाट आयो ? यो अर्को असंवेदनशीलता हो कि योजना  ? अब, गृह मन्त्रालयको नेतृत्व गर्दै गरेका गृहमन्त्रीले राजीनामा दिएर यो सरकार संवेदनशील छ भनेर देखाउन जरुरी छ। साथै, अहिले प्रहरीको मनोबल निकै तल छ। अब प्रहरीको मनोबल गिराउने काम कसैबाट हुनुहुँदैन। प्रहरी सङ्गठनमा आन्तरिक राजनीति अनि बाह्य राजनीति पनि बन्द गरिनुपर्छ। मन्त्री, प्रधानमन्त्री, प्रहरी प्रमुख सबै जना संयमित हुन जरुरी छ। नेताले कुर्सी ढाल्ने खेल बन्द गर्नुपर्छ। साथै, प्रहरीको नेतृत्वले पनि यो आफ्नो टोलीको मनोबल गिराउने काम गर्नुहुन्न।

२) पारदर्शिता
यो मुद्दामा अर्को समस्या ‘प्रोपागन्डा’ हो। प्रहरी, स्थानीय, मिडियाले ‘पारदर्शिता’भन्दा ‘प्रोपागान्डा’ मच्चाए। जसले गर्दा देशभरिको चिया पसलदेखि प्रधानमन्त्रीको निवाससम्म अनावश्यक हल्ला चल्यो। यसको पछाडि पारदर्शिताको कमी हो। प्रशासनले अहिले भइरहेको अनुसन्धान अनि प्रक्रियाबारे मिडियामार्फत जानकारी दिने हो। जानकारी दिन नमिल्न्ने कुरा किन मिल्दैन भनेर बुझाउने हो। अब प्रशासनमा इमानदारी देखिनुपर्यो। मिडियाले नै खोजेर निकालेको मसालेदार कुराले पनि समस्या उब्जाएको छ। पारदर्शिताले प्रहरीको गुम्दै गरेको छविलाई माथि ल्याउन मद्दत गर्नेछ। अनुसन्धानको प्रगति विवरण हरेक हप्ता दुई हप्तामा सार्वजनिक गरिनुपर्छ।

३) अनुसन्धानको दायरा फराकिलो
अहिले अनुसन्धानको एक मात्र अस्त्र डिएनए बनाइएको छ। अब, यो मात्र अस्त्र होइन भन्ने भ्रमबाट हामी सबै निस्कन जरुरी छ। के कसैको डिएनए मिलेन भने ‘नो वान किल्ड निर्मला’ नै निष्कर्ष हो त  ? त्यसैले अब डिएनएसँगै अन्य प्रमाणहरूलाई पनि आधार बनाएर पनि अघि बढ्न जरुरी छ। अब स्थानीयहरूलाई साथ लिने प्रयास गरेर स्थानीय प्रत्यक्षदर्शी वा केही सूचना दिन सक्ने छ कि, त्यहाँ गएर त्यो कोसिस गरिनुपर्छ। अब डिएनए मात्रमा अनुसन्धानलाई खुम्च्याउनु हुँदैन।

अन्त्यमा,
अब यो बलात्कार अनि हत्या हजारौँ मुद्दामध्ये एउटा घटना मात्र रहेन। यो मुद्दा देशको यस्तो बेला उठेको छ, जुन बेला देश अगाडि बढ्ने कि पछाडि हट्ने भन्नेसम्मको तय गर्न सक्छ। यदि मुद्दामा न्याय पाइयो भने, नागरिकमा नयाँ ऊर्जा भरिन्छ, जसले सुशासनको अगाडिको यात्रा सहज बनाउन सक्छ। ‘आशा’को युगको थालनी हुनेछ। यदि होइन भने, फेरि ‘यस्तै रहेछ’ भन्ने ‘डर’को युगमा फर्किन्छौँ। अब निर्मलाले न्याय पाएर मात्र हुँदैन, उसको आत्माले शान्ति पनि पाउनुपर्छ। यो ‘नमीता–सुनीता काण्ड’जस्तै फगत अर्को मुद्दा मात्र नबनोस्।

(पौड्याल प्रदेश ३ का सांसद हुन्, थापाले जीव रसायन ‘बायो केमिस्ट्री’मा विद्यावारिधि गरेकी छिन् भने पाण्डे राजनीतिक अनि सामाजिक अभियन्ता हुन्।)








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad