coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारको विकल्प छैन : दाहाल

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। सरकारले काम गर्न नसकेको गुनासोसँगै सरकारको विकल्प खोज्नुपर्ने राजनीतिक बृत्तमा चर्चा चल्दा नेकपाका अध्यक्ष दाहाले विकास र समृद्धि यही सरकारले ल्याउने भन्दै सरकारको विकल्प नभएको दाबी गरे।

‘सरकारको विकल्प खोज्ने होइन। यही सरकारलाई सफल बनाउने हो। यही सरकारबाटै विकास र समृद्धि ल्याउने हो।’ कास्कीको मादी गाँउपालिकाको पर्यटकीय क्षेत्र सिक्लेसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘सरकारको विकल्प बारे सोच्ने र छलफल नै हुदैन्।’ उनले विकास र समृद्धि वर्तमान सरकारबाटै सम्भव भएको जिकिर गर्दै भएका कामको बारेमा केलाएर समीक्षासमेत गरिने स्पष्ट पारे।

सरकारले काम गरेको देखाउन निर्वाचनको समयमा गरेको प्रतिबद्धता वृद्धभत्ता बढाउने बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आउँदो आर्थिक वर्षमा वृद्धभत्ता बढाइने स्पष्ट पारे। ‘वृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आइरहेको छ,’ उनले भने, ‘आगामी बजेटमा भत्ता बढ्ने विषयमा सहमति भइसकेको छ। आर्थिक वर्षमा नबढेकोमा त्यसको क्षतिपूर्ति गर्नेगरी बढ्छ।’ चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं भन्दै दाहालले अर्को चुनावअघि ५ हजार रुपैयाँ वृद्धभत्ता पुग्ने बताए।

अध्यक्ष दाहालले विकास र सम्बृद्धिका लागि ठूला परियोजना सञ्चालन गर्न विपक्षी दलसहित सबैसँग राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने बताए। ‘हामी सबैको एउटै नारा हो विकास र समृद्धी। उनले भने ‘कांग्रेससहित सबै दल र पक्षसँग सहकार्य गर्छौ।’ सिन्डिकेट तोड्ने, सुन तस्करीको जालो तोड्ने र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्नेजस्ता राम्रा कामको सुरुवात गरे पनि त्यसको सही ढंगले व्यवस्थापन नहुदाँ जनतामा विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे।

सरकारले काम गरिरहेको उल्लेख गर्र्दै अबको एक वर्षभित्रमा देखिनेगरी काम गर्ने ठोकुवा गरे। ‘सरकारले उत्साहजनकरूपमा काम गर्छ। जनसरोकार र जनजिविकालाई सहज हुने गरी काम गर्नेछौं,’ उनले भने। अध्यक्ष दाहालले सरकार विकास निर्माणका लागि पूर्वाधार भने खडा गरेको दाबी गर्दै दशकौंंदेखिको डुबान समस्या हटाइएको, हवाई रुटका लागि ४ रुट दिने कुरा, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता, विराटनगरमा रहेको भारतीय कार्यालय हटाउनेलगायतका महत्वपूर्ण काम भएको दाबी गरे।

पार्टी एकिकरण भए पनि तल्लो तहमा कार्यकर्ताबीच तिक्तता पैदा भएको विषयमा दाहालले पार्टी एकताले छिट्टै तल्लो तहसम्मै पूर्णता पाउने स्पष्ट पारे। सबैको भावना समेट्ने र विवाद नआउने ढंगले काम गर्दा एकतामा केही ढिला भएको उनको भनाई थियो। अब बस्ने स्थायी समिति बैठकले पार्टी एकीकरणका सबै प्रक्रिया टुंग्याउने उनले बताए। कास्की आफ्नो जन्मभूमि भएकाले भावनात्मक सम्बन्ध स्वाभाविक भए पनि यहीँबाट चुनाव चुनाव नलड्ने दोहोर्याए।

प्रकाशित: २६ मंसिर २०७५ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App