काठमाडौं – एक दशकअघि एल्बम ‘तिम्रो मनमा ’ ल्याएर गुमनाम बनेका गायक गगन सरगम नयाँ एल्बम ‘प्रेमको भिखारी’ लिएर श्रोतामाझ झुल्किएका छन्। एल्बममा आधुनिक फ्लेबरका पाँच गीत छन्।
एल्बममा निम संगीत, नवराज घिमिरे, लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द छ। सबै गीतमा निमको एकल संगीत र एरेन्जमेन्ट छ। उनले एल्बममा समावेश शीर्ष गीत ‘प्रेमको भिखारी’को म्युजिक भिडियो पनि निर्माण गरेका छन्।
भिडियोमा गगन र जुना सुन्दासले अभिनय गरेका छन्। निशान घिमिरेको सम्पादन र उत्सव दाहालको छांयाकन रहेको भिडियोमा युवराज वाइबाको निर्देशन छ।
भिडियोमा आत्माहत्या गर्नै लाग्दा प्रेमीलाई प्रेमिकाले बचाएको कथालाई देखाइएको छ। गायकका अनुसार एल्बममा रहेका गीतमा प्रेम र पीडाको समिश्रण छ।
प्रकाशित: २६ मंसिर २०७५ ००:०९ बुधबार