८ वैशाख २०८१ शनिबार
कला

सम्पादनमा ‘प्रेमनाथ’

काठमाडौं – अनौठो प्रेमकथामा आधारित भनिएको फिल्म ‘प्रेमनाथः ए ट्रु लभ फरेभर’ यतिबेला पोष्टप्रोडक्सन अन्तर्गत सम्पादन चरणमा छ। निर्माता तथा निर्देशक गणेश बेलबासेद्वारा निर्देशित फिल्मको सम्पादक अनन्त घिमिरेले सम्पादन गरिरहेका छन्।

दाङ, रोल्पा, रुपन्देहीको लुम्बिनी, बुटवल, भैरहवा, नेपालगञ्ज, काठमाडौं र भारतको लखनऊलगायतका ठाउँमा छायांकन गरिएको फिल्ममा राज थापा, कृति गौतम र मोनालिशाको डेब्यु अभिनय छ। फिल्ममा सुरवीर पण्डित, गजित विष्ट, नविन श्रेष्ठ,    कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईसँगै निर्देशक बेलबासेको पनि अभिनय छ। फिल्ममा निर्देशक बेलवासे खलनायकको भूमिकामा देखिँदैछन्।

आगामी चैत २२ गते रिलि हुने फिल्ममा कपिलप्रसाद द्वा कार्यकारी ीनर्माता तथा गुहेश्वरी बेलबासे निर्माता तथा बसन्तराज भट्ट र अनिल राई सह–निर्माता छन्। निर्माता तथा निर्देशक बेलबासेले यसअघि फिल्म ‘उहिले बाजेको पालामा’ निर्माण गरेका थिए।

फिल्ममा भरत क्षेत्रीको द्वन्द्व, सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एस डी योगीको संगीत, रजिन पाठकको कोरियोग्राफी तथा सुमन कार्की, सुरज पाण्डेय र लखनऊ भारतका संजय सहानीको छायांकन छ।

प्रकाशित: २६ मंसिर २०७५ ००:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App