७ वैशाख २०८१ शुक्रबार
कला

प्रकाशको ‘आलु चिउरा’

काठमाडौं – गायक प्रकाश पौडेलको ‘आलु चिउरा ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोलाई गायक स्वयमले निर्देशन गरेका छन्।

संगीतकार दिपराज न्योहांङको संगीत दिएको गीतमा गोपाल दाहालको शब्द छ । गीतमा गायक पौडेल र मुना पाख्रिनले स्वर छ । युनाइटेड डान्स सेन्टरले म्युजिक भिडियोमा कोरियोग्राफी गरेको छ । म्युजिक भिडियोमा रोशन श्रेष्ठको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ।

‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीतबाट रुन्चे गायकको रुपमा चर्चा पाएका गायक पौडेलका ‘तीते पाती’ र ‘डाक्टर साब भिटामिन लेख्दिनुस् न’ लगायतका गीत छन्।

प्रकाशित: २६ मंसिर २०७५ ००:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App