coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अज्ञात समूहको ड्रोनले विमानस्थल आधा घण्टा अवरुद्ध

दुबई–एक अज्ञात समूहले उडाएको ड्रोनकाकारण दुबई अन्तराष्ट्रिय विमानस्थल आधाघण्टा अवरुद्ध भएको विमानस्थलका अधिकारीले जनाएकाछन्।

विमानस्थलका अधिकारीहरुले ट्व्टिरमार्फत यस्तो जनाएका हुन्। बितेको चार महिनामा ड्रोनकै कारण विमानस्थल अवरुद्ध भएको यो दोस्रो पटक हो।
ट्विटरमा लेखिएको ‘हाम्रो यात्रुको सुरक्षा नै हाम्रो प्रमुख प्राथमिकता हो, यसबाट पर्नगएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।

दुबई विमानस्थल विश्वकै अति व्यस्त विमास्थल मध्येमा पर्दछ। यहाँबाट दैनिक सयौ विमान उड्ने गर्दछन्।

युएइमा विभिन्न व्यापारिक प्रयोजन तथा व्यक्तिगत प्रयोजनकालागि ड्रोनको प्रयोग गर्ने चलन बढेको छ। त्यहाँको सरकारले विमानस्थलको ५ किलोमिटर आसपास ड्रोन उडाउन प्रतिबन्ध लगाएपनि त्यो नियम कडाइका साथ लागू नहँदा विमानस्थल पटक पटक अवरुद्ध हुदै आएको छ ।

प्रकाशित: १२ आश्विन २०७३ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App