भारतमा निर्वाचनः मोदीलाई धक्का, कांग्रेसको पकड बलियाे

मङ्गलबार, २५ मङि्सर २०७५, २० : २८ एजेन्सी

नयाँ दिल्ली- भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ। 

त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन्। 

भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसको अवस्था मजबुत नै देखिएको छ। यद्यपि निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकाले यसैलाई मानक मानिहाल्न मिल्ने अवस्था भने छैन। 

जयपुरमा कङ्ग्रेस नेता सचिन पाइलटले भने, “निर्वाचन मतगणनाको प्रवाह हेर्दा भारतीय कङ्ग्रेसले राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा राम्रो पकड जमाउने देखिएको छ। हामी विश्वस्त छौँ यो शुरूवाती परिणामले अन्तिमसम्म निरन्तरता पाउनेछ।” 

यसैगरी प्रारम्भिक मतगणनामा देखिएको झुकावप्रति प्रतिक्रिया दिँदै भाजपा नेता तथा गृहमन्त्री राजनाथ सिंले भने, निर्वाचन राज्य सरकारका गतिविधिलाई हेरेर आउने भएको र यसलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारसँग तुलना गर्ने र मोदी सरकारको सफलता र असफलतासँग दाँज्न मिल्दैन। 

प्रारम्भिक मत गणना अनुसार राजस्थानमा कङ्ग्रेसको ९७ सीटमा, भाजपाको ७५ स्थानमा र १२ स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। यो प्रदेशमा कङ्ग्रेसको विकल्प भाजपा र भाजपाको विकल्प कङ्ग्रेस दिने गरेको इतिहास छ। 

यसैगरी परिणामले २३० सीट भएको राजस्थानको छिमेकी मध्यप्रदेशमा सुरुभएको २२४ सीटको मत गणनाले कङ्ग्रेसलाई ११२ सीट र भाजपालाई १०३ सीटमा अघि देखाएको छ। 

दक्षिणी राज्य तेलङ्गनामा क्षेत्रीय दल टिआरएसले ९० सीटमा अग्रता पाएको छ, कङ्ग्रेसले १६ सीटमा नेतृत्व गरेको छ भने टिडिपीले दुई र भाजपाले एक सीटमा नेतृत्व गरेको देखिएको छ। 

अर्को एक सानो राज्य मोजिराममा मिजो नेशनल फ्रन्टले २० सीट, कङ्ग्रेसले पाँच र भाजपाले एक स्थानमा अग्रता लिएको देखाइएको छ। निर्वाचन मत गणना मङ्गलबार अपरान्हसम्मको भएको सम्बन्धित राज्यका निर्वाचन कार्यालयहरूले जनाएका छन्। 







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।