coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संवैधानिक परिषदको बैठक स्थगित, लम्बियो प्रधानन्यायाधीश सिफारिस प्रक्रिया

काठमाडौं- प्रधानन्यायाधीश सिफारिसको लागि बोलाइएको संवैधानिक परिषदको बैठक पाँच गतेका लागि सारिएको छ। बैठक प्रधानमन्त्री कार्यालय सिहदरबारमा पाँच बजेका लागि डाकिएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कार्यव्यस्ता देखाउँदै उपस्थित नभएपछि बैठक बस्न सकेन। बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश सिफारिस प्रक्रिया लम्बिएको छ।

अर्को बैठक पाँच गतेका लागि डाकिएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए। न्याय परिषदले दीपकराज जोशी र चोलेन्द्र शमसेर जवराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। जोशीलाई यस अघि संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेको थियो।

 

 

 

 

 

प्रकाशित: २५ मंसिर २०७५ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App