coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामान्य घट्यो नेप्से, ३८ करोडको कारोबार

काठमाडौं– दुई दिन लगातार दोहोरो अंकको बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.०८ले घटेर ११ सय ४१.१ विन्दु कायम भएको छ।१६४ कम्पनीका १२ लाख ८६ हजार ५७५ कित्ता शेयरहरु ३८ करोड ३२ लाख ९३ हजार १२० रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत कारोबारतर्पm १० मध्ये ७ समूह सूचक घटेका छन् भने ३ समूहमा बृद्धि आएको छ। सबैभन्दा धेरै जीवन बिमा २५.७३ अंकले घटेको छ भने निर्जीवन बिमा समूह २८.९ अंकले घटेको छ। होटल समूह १४.६८अंकले ओरालो लागेको छ। 

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल बैंकका १३ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ८५ लाख ३२ हजार रुपैयाँको शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

 

प्रकाशित: २५ मंसिर २०७५ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App