coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गणपूरक संख्या नपुगेका कारण बैठक स्थगित

काठमाडौं – गणपूरक संख्या नपुगेका कारण तोकिएको समयमा मंगलबार बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ।

गणपूरक संख्याका लागि कम्तिमा २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्नेमा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट ९ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक अन्तत १२ः३० बजे स्थगित गरिएको हो।

बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका थिए तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि अन्ततः उनी पनि बैठक कक्ष सिहंदरबारबाट निस्किएका थिए। मंगलबार बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बिक्री गरिएका सम्बन्धमा सरकोकारवालबाट सत्यतथ्य सहितको विस्तृते जानकारी लिइने उल्लेख थियो।

समितिका सभापति कृष्णप्रसाद दाहालले सदस्यहरू विभिन्न कामकाजका लागि जिल्ला बाहिर रहनुभएकाले बैठकमा अनुपस्थित भएकोे जानकारी दिए।

प्रकाशित: २५ मंसिर २०७५ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App