मधेसमा विवाह : दाइजोले उकुसमुकुस

मङ्गलबार, २५ मङि्सर २०७५, १५ : १३ मिथिलेश यादव

फलानोको छोरा डाक्टर पढेको छ ?
हो त ।
कति कमाउँछ ?
महिनाको २–४ लाख कमाइहाल्छ नि !
त्यसो भए छोरीको विवाह ऊसँग गर्दा कसो होला ? दाइजो कति लेला ?
चलनचल्तीमा डाक्टरको २० लाख हो, मोलमोलाइ गर्दा अलि तल झर्ला कि !
मधेसमा केटा (बेहुला) छनोटको पहिलो चरणमा केटी (बेहुली) का अभिभावक अगुवासँग (मध्यस्तकर्ता) यस्तै संवादबाट सुरु गर्छन्, विवाहको कुराकानी । र, त्यहीँबाट अघि बढ्छ दाइजोको बार्गेनिङ पनि ।

मधेसी समाजमा केटी पक्ष विवाहको पहिलो कुरा छिन्न केटाको घरमा जानुअघि आफ्नो औकात केटापक्षकै जस्तो बलियो बनाउनुपर्छ । केटा पक्षले सर्तमाथि सर्त राख्दै जान्छन्, केटी पक्षले यति त सक्दिनँ भन्दै मोलमोलाई (बार्गेनिङ) गर्दै सर्त घटाउने प्रयत्न गर्छन् । मोलमोलाइको यो क्रम महिनौँसम्म चल्छ । दुवै पक्षका मध्यस्थकर्ता कुरा मिलाउन दौडधूप गर्छन् ।

मैथिली संस्कृतिका जानकारका अनुसार तीन दशक अघिसम्म मधेसी समाजमा पनि पहाडी समुदायकै जस्तो केटा पक्षले केटी माग्न जाने परम्परा थियो । त्यस बेला बिहेबारीमा दाइजोको कुरीति छिर्न पाएको थिएन । जीविकाको पहिलो आधार कृषि बनाएका मधेसी समुदाय कर्मशील थिए । त्यसैले कर्मशील केटी(बेहुली) माग्थे । जब यो समुदाय कृषि कर्मबाट रोजगारीमा प्रवेश ग-यो त्यसपछि दाइजोको चलन बढेको मैथिली संस्कृतिका जानकार साहित्यकार धीरेन्द्र प्रेमर्षी बताउँछन् ।

‘किसानबाट मालिक, हाकिम बनेपछि समाजमा दाइजो प्रवेश गरेको हो,’ प्रेमर्षीले भने, ‘त्यसपछि मधेसी समाजमा दाइजो फैलँदै गयो ।’ ‘कर्मशील वर्गका लागि मिलिजुली श्रम गर्ने कुरा महङ्खव राख्थ्यो’ उनले भने, ‘कर्मशीलतालाई पुँजीले छोप्दै गएपछि दहेज कुप्रथाको रुपमा समाजमा जडा गाड्दै गयो ।’

दुई दशक अघिसम्म चितवनमा विवाहका लागि केटीको वैवाहिक योग्यता साइकल चलाउन आउँछ कि आउँदैन हुन्थ्यो, उनले भने । कारण त्यो बेला पनि चितवनको गल्लीगल्लीमा सडक सञ्जाल पुगेको थियो । र, महिलाहरु साइकल चलाएर खेतीकिसानी गर्न जान्थे ।
...

पाँच दशक अघिसम्म मधेसमा स्वयम्बर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो । राजा जनकको यो परम्परा चल्दासम्म केटीपक्षकै बोली बिक्थ्यो । केटीपक्षकै सर्तअनुरुप केटापक्ष विवाहका लागि राजी हुन्थे ।

मिथिला संस्कृतिका जानकारहरुका अनुसार मधेसमा दहेज भित्रिएको ब्राह्मण र कायस्थ समुदायबाट हो । यी समुदायका महिलाहरु बाहिर काम गर्न जाँदैनथे । जस कारण यी समुदायका महिला पुरुषमाथि निर्भर थिए । पुरुषमाथि निर्भरताका कारण केटीपक्षका अभिभावकले मेरी छोरी सुखी घरमा रहोस् भनेर जब केन्द्रित हुन थाले, केटाको भाउ बढ्न थाल्यो । ब्राह्मण र कायस्थ समुदायका केटी पक्षका अभिभावकले मालिक, महाजन, हाकिमको घर ताकेर छोरी दिने परम्परा सुरु गरेपछि केटाको भाउ बढेको प्रेमर्षी बताउँछन् । यस समुदायमा हाकिम, मालिक र महाजन वरका लागि(बेहुला) केटी पक्षले विवाहमा खुबै लेनदेन गरेको देखेपछि अरु जातमा पनि यो कुप्रथा सर्दै गएको जानकारहरुको कथन छ । 

‘पहिला यस समुदायमा केटाकेटी पक्षबीच कुलमूलको सन्तुलन मिलाउन लेनदेन हुन्थ्यो,’ उनले भने, ‘यसै समुदायमा उच्च कुलाको केटी छ भने कुलको सन्तुलन मिलाउन केटापक्षले रुपैयाँ दिएर सन्तुलन मिलाउँथे, केटा उच्च कुलका भए केटी पक्षले रुपैयाँ लिएर कुलको सन्तुलन मिलाउँथे । यो चलन पछि गएर दहेजको रुप धारण ग¥यो,’ प्रेमर्षीले भने, ‘बिस्तारै समाजको हरेक वर्गमा यसले प्रवेश पायो, अहिले त यो समाजकै विकृत रुप बनेको छ ।’
...
सन् १३२४ मा बंगालका राजा गयासुद्दिन तुगलकले मिथिलामा पनि आक्रमण गरेका थिए । त्यसबेला मिथिलाको राजधानी सिम्रौनगढ थियो । आक्रमणमा यो राजधानी ध्वस्त हुनपुग्यो । त्यस बेला मिथिलामा कर्नाट वंशको शासन थियो । कर्नाटवंशीय राजा हरसिंह देव थिए । त्यो बेला अधर्मीहरुले मिथिलामा आक्रण गरेर धरोहरहरु ध्वस्त गरेपछि राजा हरसिंह देवले अनराठाढीमा सभा बोलाए । सभामा मिथिलाका सम्पूर्ण विद्वानहरु (ब्राह्मण र कायस्थ समुदायका) हरुको सहभागिता थियो । आचार्य गरेर एक हजार आचार्यलाई प्रशिक्षित गर्नेलाई महामोउपाध्यायको पदवी दिइन्थ्यो । र, एक हजार गाई पालन गर्नेलाई नन्दको पदवी दिइन्थ्यो । यसैसभाबाट जातीय व्यवस्थालाई कायम राख्न पदवी व्यवस्थाको सुरुवात गरिएको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस सिरहामा मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झा (ललन) ले बताए । यसै सभाबाट मैथिल ब्राह्मण र कायस्थ समुदायका सहभागीहरु एकअर्कासँग घुलमिल भएर कुलमूल गोत्र आदिका बारेमा जानकारी लिए । र, प्रत्येक वर्ष विवाहको सिजनमा वैवाहिक सभा आयोजन गर्ने सुरुवात भएको झाले बताए ।

यसरी विकृत हुँदै गयो विवाह संस्कार

सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण र कायस्थ समाजमा विवाहको एउटा अद्भूत एवं रोमाञ्चकारी परम्पराको सुरुवात भयो, जहा“ बेहुलाको प्रदर्शनी हुन्छ । 

मिथिलाञ्चलअन्तर्गत भारत बिहार राज्यको मधुवनी जिल्लास्थित सौराठ गाउ“मा प्रतिवर्È वैवाहिक सभा आयोजन हुन्छ । 

प्राचीन मिथिला संस्कृति र सामाजिक विधि व्यवहारमा विवाहलाई स्त्री र पुरुÈ बीचको शाश्वत र पवित्र सम्बन्धको रुपमा मान्ने गरिएको छ । तसर्थ युवायुवतीलाई दाम्पत्य सूत्रमा बा“ध्न अनेक धार्मिक तथा सामाजिक परम्परा र रीतिरिवाज अपनाइएको हुन्छ ।

युवायुवती विवाह बन्धनमा बा“धिनुपूर्व सम्बन्धित परिवार एकअर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने चलन छ । 

इतिहासकारका अनुसार सौराठसभाको सुरुवात १४ औ“ शताब्दीमा कर्नाट वंशीय राजा हरिसिंह देवले सुरुवात गरेका ठान्दछन् । राजा हरिसिंह देवको शासनकालमा विद्वानबीच शास्त्रार्थ हुन्थ्यो । यसमा विजयी विद्वानलाई पुरस्कृत गरिन्थ्यो ।

सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए । लामो समयसम्म तर्कवितर्क चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय जस्ता विषयहरु उठेका थिए ।

राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र अनौठो तरिकाले ती युवकहरुलाई पुरस्कृत गरे । यद्यपि शास्त्रार्थमा भाग लिने युवकहरु अविवाहित भएकाले पुरस्कारस्वरुप उनीहरुलाई एक÷एक सुन्दर बेहुली विवाह गर्ने मौका दिए । 

भनिन्छ, त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्यो । यसमा उनीहरुबीच शास्त्रार्थ हुन्थ्यो र बेहुली पक्षले आफ्नो छोरीका लागि योग्य बेहुलाको खोजी गर्न त्यहा“ भेला हुन्थे। यसले मैथिली समाजमा बसालिदिएको शिक्षाको आधारमा वर चुन्ने परम्परा पछि  विकृत बन्यो । छोरीको विवाहका लागि एउटै केटामाथि धेरैले दाबी गर्न थालेपछि लेनदेनले प्रवेश पायो । र, दाइजो प्रथा यहीँबाट सुरु भएको जानकारहरु बताउँछन् । एउटै केटामाथि धेरैको आँखा परेपछि ‘डाक बढाबढ’ हुनथाल्यो,’ सह प्राध्यापक झाले भने, ‘पछिल्लो समय मधेसी समाजमा देखिएको दहेजरुपी प्रथा यसैको दुष्परिणाम हो ।’ 
....

‘हेर्छु, बिना दाइजो उनको छोरीको बिहे कसरी हुँदोरहेछ,’ लहान २४ गोविन्दपुरका सोविन यादवले छोरीलाई सानै उमेरमा विवाह नगरी उच्चशिक्षा पढाउँदा यस्तै कटु वचन प्रहार गर्थे । छोरीलाई जति धेरै पढायो, उति धेरै दाइजो दिनुपर्ने परम्पराले उनीमाथि सानै उमेरमा छोरीको विवाह गरिदिन सामाजिक दबाब परेको थियो ।

मधेसी समाजमा छोरीलाई ‘पराया धन’ भन्ने गरिन्छ । यो मान्यताका कारण छोरीलाई धेरै पढाउनेभन्दा छिट्टै विवाह गरिदिनु यहाँ उचित ठानिन्छ । यादव परिवारले समाजिक परम्परालाई चुनौती दिँदै छोरी कबितालाई उच्चशिक्षा दिने अठोट गरिसकेको थियो । यसो गर्दा समाजिक दबाब र आलोचना खेप्नुपर्छ भन्ने उनीहरूलाई पहिल्यै थाहा थियो । समाजिक दबाब र आलोचनाका अगाडि यादव परिवार टसमस भएन । पढेलेखेकी छोरीका लागि बेहुला भेट्टाउनु मुस्किल भएन । तर, दाइजो बेगरको दुलाहा पाउन मुस्किल थियो ।

‘छोरी दिन्छु, तर दाइजो दिन्नँ,’ कबिताका पिता सोविनझैं धनुषाको सबैला नगरपालिका–२ का माओवादी नेता मातृकाप्रसाद यादवको विचार मिल्यो । माओवादी नेता यादवको मान्यता थियो ‘दाइजो होइन, गुणी बुहारी’ ।

बिटेक पढेका मातृका पुत्र अमरले बिपिएच गरेकी कबितालाई जीवनसाथी बनाउने निधो गरे ।

कबिता र अमरबीच २०७३ साल मंसिर २९ मा बिना दाइजो विवाह सम्पन्न भयो । ‘अहिलेसम्म समाजले योे विवाहलाई आदर्श विवाहको रुपमा स्वीकार्न सकिरहेको छैन ।’ समाजको बुझाइमा बिना दाइजो विवाह सम्भव नै छैन जस्तो छ तर समाजमा अमरजस्ता मात्र छैनन् ।

यसरी सम्पन्न हुन्छ विवाह संस्कार

मधेसमा विवाह संस्कार सम्पन्न गर्न धेरै चरण पार गर्नुपर्छ । विवाहको पहिलो चरणमा केटीपक्ष केटाको घरमै पुगेर टीकाटालो गर्छन्, जसलाई छेका भनिन्छ । सामान्य मन्त्रोच्चारण गरेर केटालाई छेक्ने (घर–जग्गा खरिद गर्दा बैना दिएजस्तै) काम गरिन्छ । स्याउ, केरा, सुन्तला, पानको पात, सुपारी, चामलको अक्षता राखेर केटीको भाइले केटाको हातमा सामान सुम्पिन्छ । यो पहिलो विधिबाटै केटीपक्षले गोजी खाली गर्नुपर्ने बाध्यता छ ।

समाजकै रोहवरमा छेका हुने भएकाले केटीपक्षले केटालाई कति रकम (खुट्टा ढोगेबापत) चढाए, त्यो सबैको चासोको विषय हुन्छ । त्यसैले केटीका अभिभावकले समाजिक प्रतिष्ठाका लागि पनि मोटै रकम चढाउनुपर्छ । 

केटीपक्षले सकारेको नगद (दाइजो रकम) समेत यसैदिन बुझाउनुपर्ने हुन्छ । जिन्सी समानहरु टेलिभिजन, फ्रिज, पलङ, सोफासेट, भाडाकुँडा, गरगहनाका बारेमा समाजको अगाडि एक–एक खोलेर गनिन्छ ।

समानको गुणस्तरमा समेत बहस हुन्छ । गुणस्तरीय ठहरियो भने केटीपक्षले वाहवाही पाउँछन्, नत्रभने आलोचना र गाली । छेकाका बेला गाइने मौलिक गीतमा समेत केटालाई दिइएको सरसमानको चर्चा गरिन्छ ।

विवाहको पहिलो रात । खानपिनको मेनु प्रायःजसो केटा पक्षले तयार पारिदिएकै अनुसार हुनुपर्छ । केटीपक्षले पनि छोरीको विवाहमा बराती (जन्ती) लाई सकभर मिठो परिकार नै खुवाउने कोसिस गर्छन् । तर, बरातीलाई खानाको ८४ औं व्यञ्जन पस्के पनि केटापक्ष सन्तुष्ट हुन्नन् । हात चुठ्ने बेलामा केही न केही कमजोरी निकालेर केटीपक्षसमक्ष गुनासो गरिहाल्छन् ।

जन्ती कति ल्याउने भन्ने विषयमा समेत केटापक्ष र केटी पक्षबीच विवाद हुन्छ । केटापक्ष जतिसक्दो धेरै लैजाने र केटी पक्ष थोरै ल्याउनुपर्ने मान्यता राख्छन् । 

सिन्दुर दानका बेलासम्म आइपुग्दा केटीपक्षको कबुलेको समानबाहेक दाइजोको रकम केटापक्षलाई पुगिसकेको हुन्छ । तर, सिन्दुर दानका बेला केटा रिसाएर ठुस्स पर्छन् । केटीपक्षले केटालाई फकाउन थप सामान कबोल गर्छन् । त्यसपछि सिन्दुर दान हुन्छ ।

दाइजोको साइड इफेक्ट 

छोरीलाई सुखसयल र आफूभन्दा धनाढ्य घरमा विवाह गर्ने प्रवृत्तिले केटापक्ष दाइजोमा हाबी हुन्छन् । भ्रूण हत्या, महिला हिंसा र महिला उत्पीडनको मुख्य जड नै दाइजो हो । ‘दाइजोकै कारण छोरीलाई बोझ ठान्ने थुप्रै छन्,’ ओरेक नेपाल लहानकी देवकुमारी महराले भनिन्, ‘छोरीको पालनपोषण तथा शिक्षादीक्षामा समेत भेदभाव गरिन्छ ।’

महराका अनुसार दाइजोकै कारण मधेसमा कोख (गर्भ) मै छोरीको भू्रण हत्या गराउनेहरु बढ्दै छन् । कतिपयले छोरीको विवाहलाई जीवनकै प्रतिष्ठा बनाएर घर–खेतसमेत बेचेका छन्, बेच्दैछन् । 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad