coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भैरहवा ग्लाडीयटर्सद्वारा चितवन टाइगर्ससामु १४४ रनको लक्ष्य

काठमाडौं – काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडीयटर्सले चितवन टाइगर्सलाई जितका लागि १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी मंगलबारको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ७ विकेट गुमाउदै १४३ रन बनाएको हो।

भैरहवाका लागि रायन टेन डेसकाटेले सर्वाधिक ३५ रनको योगदान दिए। उनले २५ बलमा १ चौंका र ३ छक्का प्रहार गरे। त्यस्तै प्रदिप ऐरीले १८ बलमा ३ चौंका र १ छक्काको सहायतामा २६, रबी इन्दर सिंहले २१ बलमा ३ चौंकाको मद्दतमा २५, आरिफ शेखले १८  र पुनित मेहराले १२ रनको योगदना दिए।

चितवनका लागि सागर ढकालले ४ ओभरमा २७ रन दिएर ३ विकेट दिए।  त्यस्तै जर्ज स्कटले २ तथा दिपेन्द्रसिंह ऐरी, ललित भण्डारी र पाउल स्टर्लिङले १–१ विकेट लिए। भैरहवाको कप्तान शरद भेषवाकर र चितवनको कप्तान पृथु बाँस्कोटा हुन्।

चितवनविरुद्ध मैदान उत्रदा भैरहवा लगातार दोस्रो जितको योजनामा हुनेछ। अघिल्लो संस्करणको उपविजेतासमेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो। चितवन दुई खेलमा पराजित भइसकेको छ। चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौंसँग पराजित भएको थियो।

प्रकाशित: २५ मंसिर २०७५ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App