coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारत–पाकिस्तानको टकरावले सार्क सम्मेलन प्रभावित

इस्लामाबाद–भारत–पाकिस्तानको टकरावको सोझो असर आगामी  सार्क सम्मेलनमा पर्ने देखिएको छ।

मंगलबार सार्क सदस्य मध्यको एक प्रभावशाली राष्ट्र भारतले क्षेत्रीय सहयोग र आतंकवाद एकै साथ अगाडि बढ्न नसक्ने भन्दै आफू सार्क शिखर सम्मेलनमा सहभागी नहुने बतए पछि त्यसले तरंग पैदा गरेको छ।

भारतले हाल सार्कको अध्यक्ष नेपाललाई यसबारे जानकारी दिइसकेको छ। त्यस्तै बुधबार सार्क सदस्य बंगलादेश, भुटान र अफगानिस्तानले पनि विभिन्न कारण देखाउँदै सार्क सम्मेलनमा सहभागी नहुने संकेत गरेपछि पाकिस्तानको राजधानी इस्लामाबादमा नोभेम्बर ९ र १० मा हुने भनिएको १९ औ सार्क शिखर सम्मेलन अन्योलग्रस्त बनेको छ।

बंगलादेशले आफ्नो आन्तरिक समस्याकाकारण सम्मेलनमा सहभागीता नलिने बताएको छ। त्यस्तै भुटान तथा अफगानिस्तानले पाकिस्तानमा हिंसा बढेको भन्दै यस्तो वातावरणमा सम्मेलनको औचित्न नहुने भन्दै सहभागीता नहुने जनाएकाछन्।

बंगलादेशले आफ्नो आन्तरिक समस्याकाकारण सम्मेलनमा सहभागीता नलिने बताएको छ। त्यस्तै भुटान तथा अफनानिस्तानले पाकिस्तानमा हिंसा बढेको भन्दै यस्तो वातावरणमा सम्मेलनको औचित्न नहुने भन्दै सहभागीता नहुने जनाएकाछन्। सार्कमा भएको प्रवधानअनुसार कुनै एक राष्ट्रले सम्मेलनमा सहभागीता नजनाए सम्मेलन स्वतः पछि सर्ने छ।

विज्ञहरुले भने भारतको सम्मेलनमा भाग निलने कदम पाकिस्तानलाई विश्व समुदायबाट एक्ल्याउने रणनीतितकारुपमा लिएको बताएका छन्।
केहिदिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीले रगत र पानीसँगै बग्न नसक्ने भन्दै इन्दुस सन्धीमा पुनर्विचार गरिने बताएका थिए। यता पाकिस्तानले भने भारतले उक्त सन्धी तोडेमा यो युद्ध अपराध हुने र आफू न्यायकालागि अन्तराष्ट्रिय अदालत जाने बताइसकेको छ।

त्यस्तै मोदीले पाकिस्तानसँगको व्यापार सम्झौता कटौती गर्ने या नगर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार एक बैठक बोलाएका छन्।
कश्मिरको उत्तरी क्षेत्रमा भएको आक्रमणमा आफ्ना १८ जना सैनिक मारिएपछि भारत पाकिस्तानसँग चिडिएको छ। उसले यस हमलामा पाकिस्तानको हात रहेको  आरोप लगाउँदै आएको छ। तर, पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ।

सार्कको इतिहासमा भारतले पहिलोपल्ट सम्मेलनमा भाग नलिने बताएको हो। भारतले सम्मेलनमा भाग नलिँदा दक्षिण एसियाको अन्तरदेशीय सम्बन्ध र अर्थतन्त्रमा गम्भीर असर पर्ने आंकलन गरिएको छ।

सार्कका पूर्व महासचिव सिलकान्त शर्माको प्रतिकृया छ– ‘भारत र पाकिस्तानजस्ता दुई ठूला राष्ट्र एक ठाँउमा नआउँदासम्म सार्क क्षेत्रको अर्थतन्त्रले उचित गति लिन सक्दैन। -एजेन्सीको सहयोगमा

प्रकाशित: १२ आश्विन २०७३ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App