coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरा राइनोजद्वारा विराटनगर वारिवर्ससामु ८५ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा अहिले विराटनगर वारिवर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ। 

कीर्तिपुरस्थित त्रिवी मैदानमा भइरहेको खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई जितका लागि ८५ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाइ ८४ रन बनाएपछि विराटनगरले ८५ रनको लक्ष्य पाएको हो।

पोखराका लागि पाउल कोगलिन र राजेश पुलामी मगरले मात्र दोहोरो रनको बनाए।  कोगलिनले २७ बलमा २ चौंकाको सहायतामा सर्वाधिक २० र  मगरले १७ रनको योगदान दिए। पोखराका ७ जना खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन्। पोखरालाई सस्तैमा समेटन विराटनगरका पाउल भान मेकेरेनले ३, रोएलोफ भान डेर मेर्वीले २ तथा बसन्त रेग्मी र स्मित पटेलले एक–एक विकेट लिए।

विराटनगरको कप्तान पारस खड्का र पोखराको कप्तान केली कोएट्जर हुन्। साविक विजेता समेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ। विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रियसलाई पराजित गरेको थियो। 

पोखराले भने यसअघिका दुवै खेलमा पराजित भइसकेको छ। पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता छ। पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो।

प्रकाशित: २५ मंसिर २०७५ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App