८ वैशाख २०८१ शनिबार
समाज

बसको ठक्करबाट एकको मृत्यु

बनेपा – काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा सोमबार राति बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ।

पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नम्बरको यात्रुबाहक बसले सोमबार राति करिब ९ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले बताए। (रासस)
 

प्रकाशित: २५ मंसिर २०७५ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App