ओशोको दृष्टिमा नेपाल

मङ्गलबार, २५ मङि्सर २०७५, ०९ : ०९ स्वामी आनन्द अरुण

११ डिसेम्बर ओशोको जन्म दिन हो। ओशो आज भौतिक शरीरमा रहेका भए आज हामी उनको ८७औँ जन्मदिवस मनाइरहेका हुन्थ्यौँ। ओशोलाई भारतमा सबैभन्दा पहिला बुझ्ने वर्ग साहित्यकार, लेखक, कलाकार र पत्रकारको रह्यो। त्यसमध्ये भारतका प्रसिद्ध पत्रकार, लेखक र समाजवादी नेता एमभी कामथले ओशोको जीवनकालमै लेखेका केही उद्वरणले मलाई अत्यन्तै आन्दोलित गरेका थिए।

ओशो विगत शताब्दीका सबैभन्दा बढी चर्चित र विवादास्पद दार्शनिक चिन्तक र गुरु कहलिए। धेरै देश, धर्म, समूह र संगठनले उनलाई खतरनाक व्यक्ति ठाने।आफूलाई मानवतावादी र प्रजातन्त्रवादी ठान्ने २१पश्चिमी देशले ओशोलाई आफ्नो देशमा प्रवेशसमेत गर्न दिएनन्। ओशो स्वतन्त्रताका परम् हिमायती प्रज्ञापुरुषथिए। उनी एक नया“ युगका स्वप्नद्रष्टा हुन्। अनेक दमन, गम्भीरता र उदासीले भरिएको अतीतका धर्महरूको सट्टा पृथ्वीमा हाँसो, प्रेम, आनन्द र उत्सवले भरिएको धर्म ल्याउने चेष्टा गरे।

ओशो तपोवनमा मात्रै प्रत्येक वर्ष ८० देशका साधक ध्यान सिक्न आउँछन्।

उनले साहसका साथ धर्मलाई वैज्ञानिक तर्कभित्र काव्यात्मकरूपले कसेर मनुष्यताको नया“ अध्यायशुभारम्भ गर्दैप्रेम र ध्यानको सन्देश दिए। ओशोलाई आफ्नो जीवनकालमा धेरै आलोचना सहनुप-यो। अनेकचोटि उनीमाथि हिंसक आव्रmमण पनि भए। अन्ततः धर्मान्ध व्यक्तिहरूले उनको हत्या गरी उनका काम सम्पूर्णरूपले समाप्त गर्ने षडयन्त्र रचे। जुन आजसम्म पनि जारी छ।

म विद्यार्थी हुँदा नै ओशोस“ग भेट भयो। उनी त्यसताका जवलपुरको दुईकोठे घरमा बस्थे। उनलाई भारतमा धेरै कमले चिन्थे। मलाई उनको गरिबी र तुलनात्मकरूपमा अज्ञातका दिनहरूदेखि वैभव र प्रसिद्धिको शिखरसम्मको कालखण्ड नजिकबाट हेर्ने अवसर प्राप्त भयो।

नेपालप्रति ओशोको दृष्टि सुरुदेखि नै मैले अलिक विशेषरहेको पाएँ। सौभाग्यवश मैले द्वारिकाको ध्यान शिविरमा अक्टोबर १९६९ मा अन्तरंगरूपले ४५ मिनेट उनीसँग भेट्ने अवसर पाए“। त्यो बेला ओशोको व्रmान्तिकारी नवसंन्यास आन्दोलन खडा भएको थिएन। एक प्रखर विचारकका रूपमा उनको ख्याति फैलिरहेको थियो तर उनको गुरु रूप प्रकट भएको थिएन। हिमालयको काखमा रहेको यो पुरातन तपोस्थलीको धेरै आध्यात्मिक संभावना छ भनी उनले बताएका थिए। ‘तिमीले मेहनत ग-यौ भने नेपाल मेरो दर्शनको आध्यात्मिक राजधानी बन्न सक्छ’भनेर उनले पहिलो भेटमै भविष्यवाणी गरिदिए।

त्यही भेटमा ओशोले निकट भविष्यमै नेपाल आउँछु भनेर वाचा गरेका थिए। ओशोले जवलपुरबाट सन् १९७० मार्च १९, २० र २१ (तीन दिन)काठमाडौँंका लागि छुट्टयाएको छु तयारी गर भनी पत्र पठाए। जवलपुरदेखि बनारससम्मको रेलको टिकट र बनारसदेखि काठमाडौँंसम्म हवाई टिकटको आतेजाते व्यवस्था मैले गर्नुपर्ने थियो। म त्यसबेला विद्यार्थी थिएँ। आफ्नै कुनै आर्थिक स्रोत थिएन। मैले घरमा र चिने/जानेका सबैलाई याचना गरेपनि कसैले आर्थिक सहयोग नगरेकाले ५हजार रुपियाँपनि ओशोको भ्रमणका लागि व्यवस्था गर्न सकिन। त्यसैले ओशोको त्यो पहिलो संभावित नेपाल यात्रा हुन सकेन।

उनी एक नया“ युगका स्वप्नद्रष्टा हुन्। अनेक दमन, गम्भीरता र उदासीले भरिएको अतीतका धर्महरूको सट्टा पृथ्वीमा हाँसो, प्रेम, आनन्द र उत्सवले भरिएको धर्म ल्याउने चेष्टा गरे।

म गह्रौँ मन लिएर ओशोलाई भेट्न गएँ। ओशो जस्तो प्रज्ञावान पुरुषलाई नेपाल ल्याउन पूरै असफल भएको ग्लानिको ज्वालाले म भित्रभित्रै जलिरहेको थिएँ। भेटमा स्वयम्लाई खुबै धिक्कारेँ र उनको नेपाल भ्रमण सम्भव बनाउन नसेकेकामा आफूलाई खुब कोसेँ। उनले सम्झाउँदै भने– चिन्ता नगर, म कुनै दिन नेपाल अवश्य आउनेछु।

त्यो घटना भएको १६ वर्षपछि अर्थात अमेरिकाबाट फर्केपछि मनालीको प्रवासमा एकदिन ओशोले मलाई बोलाएर ‘नेपाल म आउँछु तयारी गर’ भनी आज्ञा दिए। सन् १९७० मा ओशोको नेपाल भ्रमण आयोजना गर्न अक्षम भएर दुःखी भएको क्षणमा गुरुले कुनै दिन नेपाल अवश्य आउनेछु भनी दिएको वाचा मेरो मनसपटलबाट विस्मृत भइसेकेको रहेछ। फेरि नेपाल आउने कुरा सुन्दा म झसंग भएँ। तर यो मेरो सौभाग्यको क्षण पनि थियो। जनवरी ३, १९८६ मा ओशो नेपाल आए। उनलाई नेपालमा उत्सव र वाजागाजाका साथ भव्य स्वागत गरियो। ओशो नेपालमा ४२ दिन बसे। वास्तवमै गुरुले आफ्नो वचन पूरा गरे।

ओशोेले नेपालमा ठूलो आध्यात्मिक संभावना छ भनिरहँदा मेरो मनलाई भने शङ्काको कुहिरोले लपेटिरहेको थियो। मेरो शङ्का र साहसको कमी ढाकछोप गर्न मैले तर्क गरेँ–‘नेपाल अति नै गरिब देश हो। काठमाडौँमा पिठोभन्दा पाउडर बढी बिव्रmी हुन्छ भन्दै मानिस फेसनमा लागेको छन् त्यहाँ आध्यात्मिक कुनै संभावना छैन।’ ओशोले भने– ‘तिमीले बाहिरी नेपाल देखिरहेका छौ, मेले नेपालको आत्मा देखिरहेको छु, तिमी लायक बन्यौ भने त्यहाँ ठूलो आध्यात्मिक व्रmान्तिको सूत्रपात हुनसक्छ।

हुनत मैले प्रयास नगरेको पनि होइन। मैले सन् १९७० मा रजनिश इन्फर्मेसन सेन्टर खोलेको थिएँ। तर त्यसबाट खास काम भएन। ताहाचलमा एउटा सानो घर बनेपछि ओशोकै सल्लाहमा त्यही घरमा मैले ध्यान केन्द्र खोलेँ। जसको नाम ओशोले नै जुराइदिएका थिए– आशीष रजनीश ध्यान केन्द्र। सन् १९७४ को डिसेम्बरमाविधिवत् ध्यान केन्द्रको सुरुआत भयो। ताहाचल क्षेत्रमा त्यति धेरै घरपनि बनेकाथिएनन्। त्यसबेला त्यो क्षेत्र अनकन्टार नै लाग्थ्यो। सवारी साधन खासै चल्थेनन्। ओशोको विचार र साहित्य जनमानसमा कसरी पु¥याउने भन्ने कुराले मलाई झक्झकाइ रहन्थ्यो। मभित्र एक त्वरा र जोश थियो। म त्यसबेला दिउँसोसरकारको नेसनल कन्सट्रक्सन कम्पनी नेपाल (एनसिसिएन) मा इन्जिनियरका रूपमा कार्य गर्थेँभने बेलुका ओशोको साहित्य सहजै मानिसको नजरमा परोस् भनी न्युरोडको पीपलबोटमुनि किताब फैलाएर बस्थेँ। त्यसताकानेपालमा ओशोलाई कसैले चिन्दैनथे। पुस्तकहरू सस्तो मूल्यका भएपनि खासै बिक्थेनन्। पीपलबोटमा जम्मा भएका नवयुवकहरूलाई सित्तैमा पुस्तक पढ्न दिन्थेँ। ‘किताब मन नपरे सात दिनभित्र किताब दिइ पैसा फिर्ता लान सक्नुहुन्छ’ भनी मैले बोर्ड नै लगाएको थिएँ।

नारी और व्रmान्ति, युवक और विद्रोह, भारत के जलते प्रश्न, समाजवाद से सावधान, व्रmान्तिबीज, साइलेन्ट एक्सप्लोजन जस्ता किताबका व्रmान्तिकारी शीर्षक देखेर मलाई पञ्चायती व्यवस्थाका जासुसहरूले पव्रmेर त्यतिबेलाको जनसेवा प्रहरी थानामा रातभर थुने पनि। यो घटना सन् १९७५ तिरको हो।तारिक बोकाएपछिअञ्चलाधीश कार्यालयसम्म१५ दिनसम्म दैनिकरूपले धाउनुप¥यो। त्यो बेलाको प्रचलित कानुनअनुसार सेन्सर नगराई किताब बेचेकामा सबै किताब जफत गरिए। यसबाट मेरो आत्मसम्मानमा ठूलो चोट लाग्यो। अरु किताब ल्याउने मेरो सानो पुँजी पनि हरायो।

बडो दुःखी र हतास मनले म गुरुको सांन्निध्य पुना पुगेँ। मैले ओशोका अघि आफ्ना समस्या राखेँ। काम गर्न अति नै कठिन भएको कुरा बताएँ– ‘मेरो ध्यान केन्द्र टाढा छ, कोही पनि आउँदैन, घरका मानिस पनि रुष्ट छन्,ध्यान केन्द्रको बोर्ड पनि राख्ने अनुमति छैन,किताब बेच्दा पनि थुनिनु प¥यो,यसरी नै हो भने जागिरै जाने खतरा छ’।यो हताशा र दुःखको पेटारो मैले ओशोसामुन्ने खोलेँ। ओशोले ध्यान दिएर सुने र भने– ‘देखो अरुण, यह काम तो कठिनाइयों से ही भरा है। मै कोइ ग्यारेन्टी नही दे सकता हुँ कि आनेवाले दिनों में तुम्हे कोइ समस्या नही होंगी। यह काम ही ऐसा है कि यहाँ कोइ न कोइ समस्या सदा रहेगी। अगर इससे तुम डरते हो तो अभी भी कुछ नही विगडा है। आश्रम बन्द कर दो, अपनी साधना करो और अपनी गृहस्थी समालो। जैसे और लोग करते है वैसे ही साल एक दो बार मेरे पास आकर मेरा दर्शन करलियो करो। अपनी आर्थिक उन्नति पर ध्यान दो। यह काम छोडो।’

यी शब्दले मेरो हृदयलाई सुइरोले रोपेजस्तो भयो। मेलै हिम्मत गरेर भनेँ–‘हजुरले मलाई आशीर्वाद दिनूस् कि मैले जीवनका समस्याहरू झेल्न सकुँ, हजुरको काम पनि गर्न सकुँ।’ उनले हिम्मत दिंँदै भने–आध्यात्मिक काम कि अपनी ही गरिमा है अपनी हि गौरव है। इस काम में तुम्हें समादर ओर समस्याएं दोनो मिलेंगीं। प्रेम भि मिलेगा और गालियां भि पडेगी। आदर और आलोचना दोनों के लिए भि तयार रहो। और दोनो से अस्पर्शित रहना। जब तुम्हारी प्रशंसा हो तो उससे भी मत फुलना और जब गालियां पडें इससे भी विचलित मत होना, मत घवराना। तो तभी मेरा काम कर पाओगे।

यो आशीर्वाद दिएर ओशोले मलाई नेपाल फिर्तापठाए। मैले पुनः नयाँ उत्साहलेपीपलबोटमा किताब बेच्न सुरु गरेँ। लगभग दुई वर्ष हामीले पीपलबोटमुनिओशोको साहित्य बेच्यौँ। पीपलबोटको पुस्तक बिव्रmीबाट बिस्तारै काठमाडौँंमा ओशोका पाठकहरूको संख्या बढ्न थाल्यो र उनलाई चिन्ने, प्रेम गर्ने रताहाचलमा ध्यानका लागि आउने मित्रथपिन थाले। यसरी शून्यबाट सुरुभएको ओशो आन्दोलन करिब १३ कम्युन र सयजति ध्यान केन्द्र अनि ९० हजार दीक्षित शिष्य र लाखौँ प्रेमी र पाठकका रूपमा झाङ्गिइदेश र विश्वभरका शान्तिकामी साधक र मुमूक्षूहरूका लागि नेपाल ध्यान, योग र रूपान्तरणको विज्ञान सिक्ने एक अनुपम तीर्थका रूपमा स्थापित भएको छ। ओशो तपोवनमा मात्रै प्रत्येक वर्ष ८० देशका साधक ध्यान सिक्न आउँछन्। नेपालबाट हामीले विश्वका १०० सहरमा पुगेर ध्यान शिविर सञ्चालन गरिसकेका छौँ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad