coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बिरामीबाट तङ्ग्रिएपछि माग्नेले गरे मन्त्रीलाई घोचपेच (व्यंग्य भिडियो)

काठमाडौं– हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन्। पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजिक भिडियोमार्फत फेरी अभिनय कर्ममा देखा परेका छन्।

केही वर्ष अगाडि रेकर्ड गरिएको ‘मन्त्रीको सालो’ बोलको व्यंग्यात्मक गीतमा उनी आफैले समेत अभिनय गरेका हुन्। स्वास्थ्य स्थितिमा केही सुधार भएपछि उनले सो भिडियोका लागि समेत केही दृश्यहरु दिएका छन्। पूर्ण रुपमा सञ्चो नभएकाले माग्ने बुढा आफैँ मन्त्रीको सालोका रुपमा प्रस्तुत हुन भने सकेका छैनन्।

मन्त्रीलाई घोचपेच गरिएको यस गीतका शब्द सिर्जना माग्ने बुढा आफैँले गरेका हुन् भने गीतमा हरि लम्सालको संगीत छ। दीपक आचार्यको निर्देशनमा गीतको म्युजिक भिडियो तयार भएको हो।

भिडियोमा माग्ने बुढासँगै दीपक आचार्य, विनोद राई (घ्याम्पे सुब्बा), बेगम नेपाली (भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायत कलाकारको अभिनय देखिन्छ।

गोकुल अधिकारीको छायाँकन र अमन मानन्धरको सम्पादन रहेको व्यंग्यात्मक गीतको भिडियो यस्तो छः

भिडियो

प्रकाशित: १२ आश्विन २०७३ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App