बलात्कार मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

सोमबार, २४ मङि्सर २०७५, १४ : ३२ खगेन्द्र अधिकारी

119


ताप्लेजुङ - ताप्लेजुङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरी सजाय फैसला सुनाएका मैवाखोला गाउँपालिका–४ साँघुका ४८ वर्षीय कृष्ण भन्ने पूर्णबहादुर लिम्बूलाई प्रहरीले २८ बर्षपछि पक्राउ गरेको छ।

पक्राउ पछि अदालतमा पेश गरिएका उनलाई जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान गरिएको डीएसपी सञ्जयसिंह थापाले बताए। उनलाई २०४५ सालमा एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला अदालतले २०४७ सालमा दोषी ठहर गर्दै २ वर्ष कैद र ३ हजार ६२ रुपैयाँ ५० पैसा जरिवानाको फैसला सुनाएको थियो। मैवाखोला गाउँपालिका–६ फाकुम्बामा लुकीछिपी बस्दै आएका लिम्बूलाई अदालतबाट फैसला भएको २८ वर्षपछि गिरफ्तार गर्न सफल भएको डीएसपी थापाले बताए।

 







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad