८ वैशाख २०८१ शनिबार
राजनीति

अन्तर प्रदेश परिषद बैठक, पाँच सदस्यीय कार्यदल गठन

 

काठमाडौं- प्रधानमन्त्री सहित बसेको अन्तर प्रदेश परिषदको बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको छ। बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेको कार्यदल बनाएको हो। कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी छन्।

कार्यदलले बैठकमा मुख्यमन्त्रीले राखेका समस्याहरुको बारेमा अध्ययन गर्ने छ। समस्या तथा समाधानबारे राय सहितको प्रतिवेदन अर्को बैठकमा कार्यदलले बुझाउने गृहसचिव प्रेम राईले बताए। अर्को बैठक पुस ३ गतेलाई बोलाइएको छ। कार्यदलले पेस गरेको प्रतिवेदन पुस ३ को बैठकमा छलफल गरिने छ।

 

प्रकाशित: २४ मंसिर २०७५ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App