coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश १ घुम्ने निम्तो बाँड्दै कोलकातामा

कोलकत्ता (भारत) - इलाममा आयोजना हुन लागेको ‘मेची क्षेत्र पर्यटन महोत्सव २०७५’को प्रचारका लागि विजयशेखर भट्टराई भारतको कोलकातामा व्यस्त छन्। पुस ५ देखि हुने महोत्सवको प्रचार सामग्रीसहित उनी जुटिरहेका छन्। महोत्सव र पहाडी जिल्ला घुम्न निम्तो दिँदै छन् उनी।

हिमालयन सुन्तला पर्यटन महोत्सवमा पश्चिम बंगालको राजधानी कोलकाता आएका प्रदेश १ का विभिन्न जिल्लाका सहभागीले पर्यटन प्रवद्र्धनका लागि विभिन्न तवरबाट प्रयास गरिरहेका छन्। यहाँका स्टलमा पर्यटकीय गन्तव्यका तस्बिर, ब्यानर तथा ब्रोसर राखेका छन्। पर्यटन व्यवसायी, होटल व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले बंगाली पर्यटक तान्नका लागि प्रयास गरिरहेको छ। नेपाल–भारतको सीमावर्ती क्षेत्र सन्दकपुर लगायत ठूलो संख्यामा आउने पर्यटकलाई नेपालका विभिन्न क्षेत्रसम्म ल्याउन प्रचारका काम भइरहेका छन्।

ताप्लेजुङस्थित पाथीभरा देवीमा दशनार्थी बढाउन विभिन्न जानकारी दिने काममा पाथीभरा विकास समितिका अध्यक्ष तारामणि घिमिरेसहितको टोली कोलकातामा छ। पाथीभरादेवी आफैंमा चर्चित भए पनि थप पर्यटक भिœयाउने मुख्य उद्देश्य रहेको घिमिरेले बताए। पाथीभरा देवीसँग स्थानीय परम्परागत सामग्रीसमेत स्टलमा राखिएका छन्। प्रदर्शनी, प्रचार सामग्री छलफलका माध्यमबाट नेपाल आउनका लागि प्रेरित गरिँदै छ।

सुन्तला महोत्सवमा भ्रमण वर्ष २०२० को समेत प्रचार गरिएको छ। लोगो महोत्सवमा राखिएको छ। भ्रमण वर्षलाई प्राथमिकतामा राखेर प्रचारात्मक काम गरिएको ग्रिन जेनेरेसन नेपालका अध्यक्ष अर्जुन कार्कीले बताए। यसका लागि नेपाल पर्यटन बोर्डले समेत सहयोग गरेको उनले जानकारी दिए।

धरानका पर्यटन व्यवसायी बासुदेव बराज माउन्टेन फ्लाइट तथा अन्य गन्तव्यको प्रचार गरिरहेका छन्। नेपालमा देखिएका र कम चर्चामा आएका गन्तव्यमा पर्यटक पु-याउने लक्ष्य रहेको उनले बताए। नेपालको परम्परा, जीवनशैली झल्किने सामग्री प्रदर्शनीमा राखिएको छ। यस्तै, स्थान झल्काउने चित्रकलासमेत प्रदर्शनीमा राखिएको छ। हिमाली दृष्य, खानपान, हिँड्डुल तथा बास व्यवस्थापनाबारे जनकारी दिइदै छ। नेपालको सात दर्जन नेपालीहरु यो महोत्सवमा सहभागी छन्।

कोलकाताबाट ठूलो संख्यामा पर्यटक सीमावर्ती क्षेत्रमा घुम्न पुग्छन्। तीनै पर्यटक अन्य क्षेत्रमा लैजान सकिने अनुमानसहित प्रदेश १ घुम्ने निम्तो बाँडिदै छ।

‘नेपाल घुम्ने ठूलो समूह कोलकातामा छ। अझै ठूलो संख्यामा घुमाउनका लागि यो महोत्सवको योगदान रहने छ। साथीहरुले ठाउँको प्रचार गरिरहनु भएको छ। आशा छ नेपाल जाने पर्यटकको संख्या बढ्ने छ,’ कोलकाताका ग्रामीण पर्यटन तथा होसमस्टेका अभियन्ता राज बासुले नागरिकसँग भने, ‘नेपालका पूर्वी क्षेत्रमा धेरै ठाँउहरु छन्। जहाँ यहाँका नागरिक घुम्न जान सक्छन्। सुविधा हुन सके संख्या बढ्दै जाने छ।’ नेपालको उत्पादन, दृष्य र जनजीवन पर्यटकले रुचाउने किमिसको रहेको बासुले बताए। ग्रामीण पर्यटनलाई जोड दिनुपर्ने उनको भनाइ छ।

तीन दिवसीय महोत्सवमा सहभागी हुन आउनेलाई नेपाल आमन्त्रण गरिदै छ। इलामका कालकारहरुले परम्परागत संस्कृतिको झल्को दिने सामग्री प्रस्तुत गर्दै छन्। महोत्सवको उद्घाटन समारोहमा नै कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल घुम्न आह्वान गरेका थिए। प्रकृतिले दिएको अनुपम उपहार नेपालको भुगोल भएकाले घुम्न आग्रह गरेका थिए। महोत्सवमा राखिएको नेपालको सुन्तलामा अवलोकनकर्ता लोभिएका देखिन्थे। अन्य उत्पादन पनि उनीहरुको रोजाइमा परेका छन्। स्टल अवलोकनको क्रममा कतिपयले नेपाल घुम्ने प्रतिबद्धतासमेत व्यक्त गरेको देखिन्थ्यो।

प्रकाशित: २४ मंसिर २०७५ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App