नेपाली क्रिकेट हाँक्ने निकाय छैन : आइसिसी

मङ्गलबार, ०७ बैशाख २०७३, ०७ : ४३ नागरिक

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल विकास निर्देशक टिम एन्डरसनले नेपाली क्रिकेटमा तत्काल दैनिक कामकाजका लागि समेत कुनै आधिकारिक प्रशासनिक निकाय नभएको बताएका छन्।

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को विवादवारे बोल्दै एन्डरसनले भने, 'विश्व क्रिकेट लिगअन्तर्गत नामिबियाविरुद्धका खेल आइसिसीले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोगमा आयोजना गरिरहेको छ। नेपाली क्रिकेटमा दुई समानान्तर संघ छन्। क्रिकेटको विवाद अदालतमा पुगेको छ। अहिले नेपालमा कुनै क्रिकेटको सर्वोच्च निकाय छैन। आइसिसी चाढो भन्दा चाढो यस्तो अन्योलको अवस्था टुंगियोस भन्ने चाहन्छ।'

क्यानको निर्वाचित समिति, राखेपले बनाएको तदर्थ समिति र पुरानो कार्यसमितिसँग आइतबारै छुट्टाछुट्टै भेटेपछि पत्रकार सम्मेलन आयोजना गर्दै एन्डरसनले अर्को हप्ता दुबईमा बस्ने आइसिसीको बोर्ड वैठकलाई आफूले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउने बताए। नामिबिया र नेपालबीचको खेल कीर्तिपुरमा गराउनका लागि निर्वाचित र तदर्थ समिति दुवैले सहयोगी भुमिका निर्वाह गरेको बताउँदै एन्डरसनले अदालतबाट निर्णय आएपछि नेपाली क्रिकेटको विवादले समाधानको बाटो लिने आशा व्यक्त गरे।

'आइसिसी पनि अदालतको निर्णय कुरिरहेको छ। अदालतको निर्णय आएपछि आइसिसीले त्यसको अध्ययन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेछ। तर पनि दुई पक्ष नमिलेसम्म क्रिकेट अगाडी बढ्न सम्भव हुन्न। त्यसैले दुई पक्ष मिल्नैपर्छ,' एन्डरसनले भने, 'हामीले आज निर्वाचित र तदर्थ दुवै समितिसँग कुरा गर्यौं । क्यानको पुरानो समितिसँग पनि हामीले कुरा गर्यौं । छलफलमा सबै पक्षालाई हामीले सकारात्मक पाएका छौं। अव नेपालको विवाद अर्को हप्ता बस्ने बोर्ड वैठकमा छलफलको विषय बन्नेछ।'

क्यानको निर्वाचन, त्यसमाथि सरकारी हस्तक्षेपलगायतका विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताउँदै एन्डरसनले आइसिसीले पनि नेपालको क्रिकेट चलाउन नचाहेको प्रतिक्रिया दिए। 'नेपालमा भएको निर्वाचन, क्यानमा सरकारको हस्तक्षेपवारे हामीलाई कसैले लिखित जानकारी गराएको छैन। लिखित जानकारी पाए आइसिसीले सरकारी हस्तक्षेपको विषयमा अनुसन्धान गरेर निर्णय लिन्छ,' एन्डरसनले नेपाली क्रिकेटको अन्योल विषयमा भने, 'आइसिसीले नेपालको क्रिकेटमा कुनै हस्तक्षेप गर्न खोजेको होइन। हामीले आइसिसीको प्रतियोगिता यहाँ आयोजना गरेका मात्र हौं। आइसिसीले नेपालको क्रिकेट चलाउने पनि होइन। विश्व क्रिकेट लिग च्याम्पियनसिपअघि नेपाली क्रिकेट जसरी चलेको थियो, आउने दिनमा पनि त्यसरीनै चल्छ। समस्याको समाधान यहीबाट खोज्नुपर्छ।'

तत्कालिन अध्यक्ष टंक आङबुहाङ र राखेपको सहमति नहुनाका बावजुद मंसिर २९ मा भएको निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो। तर राखेपले त्यसलाई वेवास्था गर्दै पुस २४ मा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो। राखेपको निर्णयविरुद्ध चन्द समितिले अदालतमा रिट दायर गरेको थियो। अदालतले तत्काल दुवै पक्षलाई यथास्थितीमा रहन निर्देशन दिए पनि अन्तिम निर्णय आइसकेको छैन। अदालतले दुवै पक्षलाई यथास्थितीमा रहने निर्देशन दिएपछि राखेपको निर्देशनमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले क्यानको नेतृत्व गर्दै आएकी छिन्। अदालतको निर्णय अनन्तकाल सम्म कुर्न कठिन हुने संकेत गर्दै एन्डरसनले 'अदालतको निर्णय चाढो आउँदा राम्रो हो। अन्यथा आइसिसीले सम्भव भएसम्ममात्र कुर्न सक्छ। नेपालको क्रिकेट गतिविधि ठप्प होस् भन्ने हामी चाहन्नौं।'

क्रिकेटप्रति नेपालीहरुको सकारात्मक भावनाबाट भने आफूहरु प्रभावित भएको उनको भनाई थियो। कीर्तिपुरमा शनिबार नामिबियाविरुद्ध सम्पन्न खेलमा उपस्थित झण्डै २० हजार दर्शकको प्रशंसामा एन्डरसनले भने, 'नेपालमा क्रिकेटप्रतिको लगाव उल्लेखनीय छ।'





यसमा तपाईको मत

अन्य समाचार

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

Ncell Footer Ad