चीनसँग सम्झौता गर्दा अरुलाई सोध्नु पर्दैन : प्रस्तावित राजदूत पाैडेल

बुधबार, १२ असोज २०७३, १३ : ०७ नागरिक

काठमाडौं— व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिमा चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ भएको छ। सुनुवाइमा बोल्दै चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलले चीनसँग भएको सम्झौता कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको बताए।

'सम्झौताले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन ढोका खोलेको छ। हाम्रो पनि चेत खुलेको छ', उनले भने। चीनसँग सम्बन्ध सुधार गर्दा कुनै अमुक देशविरोधी भनेर आरोप लगाउने मानसिकता रहेको उनले बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्झौताले नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मार्गप्रशस्त गरेको उनको भनाइ थियो। 'प्रधानमन्त्रीले राजदूत प्रस्ताव गर्दा मैले स्वीकार गर्नुको मुख्य कारण नै त्यही सम्झौताको महत्व हो', संसदीय समितिमा उनले भने।

'सम्झौताले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन ढोका खोलेको छ। हाम्रो पनि चेत खुलेको छ', उनले भने। चीनसँग सम्बन्ध सुधार गर्दा कुनै अमुक देशविरोधी भनेर आरोप लगाउने मानसिकता रहेको उनले बताए। उनले भारतको नाम भने उच्चारण गरेनन्।

'स्वतन्त्र नेपाल र चीनले द्विपक्षीय हितमा सम्झौताहरु गर्न सक्छन्। हामीले अर्को मुलुकलाई सोध्नु पर्दैन। त्यस्ता सम्झौता गर्दा अर्को मुलुकलाई च्यालेञ्न गर्ने भने हुनु हुँदैन', उनले भने।

गत वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री ओलीले चीनसँग व्यापार तथा पारवहन सन्धि गरेका थिए। सम्झौता कार्यान्वनको चरणमा नपुग्दै ओली सरकार ढलेको थियो। अाेली सरकार ढलेपछि ती सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भइरहेका बेला प्रस्तावित राजदूत पाैडेलको यस्तो भनाइ अाएको हो।

चीनको लागि राजदूत सिफारिश पाैडेल पूर्व मुख्यसचिव हुन्। सरकारी सेवाका दौरान उनले ल्हास्सास्थित नेपाली महावाणिज्दूतावासमा समेत काम गरेका थिए।

कूटनीति भनेको कला, कौशल र चातुर्यता पनि भएकाले त्यहीअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्ने उनको भनाइ थियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...