coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कौरा गीतमा सुनिए दुर्गा

काठमाडौं – कौरा गायक दुर्गा गुरुङ सांगीतिक क्षेत्रमा आफ्नो यात्राको २५ वर्ष पुगेको अवसर पारेर राजधानीमा पहिलोपटक एकल साँझमा प्रस्तुत  भएका  छन्। राष्ट्रिय नाचघरमा शनिबार आयोजित ‘दुर्गा गुरुङ एकल साँझ २०७५’मा उनले प्रत्यक्ष वाद्यवादनका साथ दर्जन बढी गीत सुनाए।

तमु(गुरुङ) समाज तनहुँको आयोजनामा भएको कार्यक्रममा कौरा (चुट्का) झोरा, लोकपप फ्लेबरका ‘खैमु लोसर’, ‘हे कान्छी’, ‘साली भेना’, ‘सोलुु जुब्रुको’, ‘आकाशै उज्यालो’, ‘रिसिङ डाँडा रमाइलो’, ‘ठुलढुंगाको बजारैमा’, ‘रोदी बस्न आउँछ रे भन्दिनु’लगायतका गीत सुनाए।

उनलाई सर्जक तथा संगीतकार रेशम गुरुङ, भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथ्वी गुरुङ, रिदम थापा, राज गुरुङ, राजु गुरुङ,  प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिएका थिए।

दुर्गालाई वाद्यवादनतर्फ किबोर्डमा दुर्गाबहादुर गुरुङ, बाँसुरीमा धनबहादुर गुरुङ, सारंगीमा कमल विश्वकर्मा र बुकुन गन्धर्व, रिदम गीटारमा दीपेन्द्र गुरुङ, बेस गीटारमा दीपक थापा, प्याट्रममा धर्म गुरुङ, हार्मोनियममा कृष्ण गुरुङ तथा खैजेडीमा मनाङ गुरुङ, गणेश गुरुङ, पृथ्वी, गुरुङ, विक्रम गुरुङ, प्रेम गुरुङ,  चौबहादुर गुरुङ, पोषन घर्ती मगर र पारसमणी सुवेदीले साथ दिएका थिए।

कार्यक्रममा सांसद कृष्णकुमार श्रेष्ठ ‘किसन’ले आफूलाई कौरा गीत असाध्यै मन पर्ने भन्दै सरकारबाट प्राप्त हुने एक महिनाको पारिश्रमिक दुर्गा गुरुङको कार्यक्रमलाई सहयोग गर्ने घोषणा गरे। गायक गुरुङले एकल साँझका लागि करिब १० लाख रुपियाँ संकलन भएको र सबै खर्च काटेर बाँकी रकम चुट्का गीतको संरक्षणको लागि कोषमा जम्मा गर्ने बताए।
दुर्गाको ‘चौरी गोठैमा’, ‘माछी लेवैमा’, ‘रोधी घरैमा’ ‘हे कान्छी’, ‘रिसिङ डाँडा रमाइलो’, ‘सोलोजुलुको’, ‘साली भेना’लगायतका एल्बम बजारमा आइसकेका छन्।

प्रकाशित: २४ मंसिर २०७५ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App